Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस

माईजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र २२ २०८०


माईजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस

इलाम : कार्यालयमा लेखा अधिकृत संग अनैतिक क्रियाकलाप गर्ने इलामको माईजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस गर्ने भएको छ ।

गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी गाउँपालिकाको प्रतिष्ठामा आँच आउने क्रियाकलाप गरेको निश्कर्ष निकाल्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने भएको हो ।

गाउँपालिकाको भदौ २१ गतेको निर्णय सार्वजनिक गर्दै कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुन बमोजिमको कारवाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृत रेश्मा राईलाई ७ दिनको म्याद दिई स्पस्टीकरण पेश गर्न मौका दिईने गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिए ।

उनका अनुसार लेखा अधिकृत राईलाई स्पष्टीकरण पेश नभए सम्मका लागि लेखा अधिकृतको जिम्मेवारीबाट हटाउने निर्णय भएको छ । गत १९ गते प्रशासकीय अधिकृत काजीमान र लेखा अधिकृत रेश्मा बिच कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो सामाजिक संजालमा बाहिरीएको थियो ।

भिडियो बाहिरिएपछि दुबै कर्मचारीलाई कारवाही गर्न माग गर्दै दवाब बढेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार