फिक्कल । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा रहेको फिक्कल माध्यमिक विद्यालयका शिक्षक सोमप्रसाद गौतम कोशी प्रदेश उत्कृष्ट भएका छन् । प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’बाट गौतम पुरस्कृत भएका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले एक कार्यक्रमका बिचमा सम्मानपत्र प्रदान गरे । पुरस्कार पीपी प्रसाईं फाउन्डेसनले प्रदान गरेको हो । उत्कृष्ट शिक्षकसंगै गौतमले नगद ५० हजार समेत प्राप्त गरे ।
फाउन्डेसनले उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित ५० हजार नगद दिने गरेको छ । र विजयी शिक्षकले अध्यापन गराउने विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गर्छ ।