Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

एन्फा महासचिवको कार्यकक्षमा केन्द्रिय सदस्य चन्दद्वारा तालाबन्दी

एन्फा महासचिवको कार्यकक्षमा केन्द्रिय सदस्य चन्दद्वारा तालाबन्दी

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र १८ २०८०


एन्फा महासचिवको कार्यकक्षमा केन्द्रिय सदस्य चन्दद्वारा तालाबन्दी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको कार्य कक्षमा तालबन्दी भएको छ । एन्फा केन्द्रिय सदस्य रोविन चन्दले महासचिव राइको कार्यकक्षमा ताला लगाएका हुन् ।

चन्दले महासचिव राईले फुटबलमा काम गर्ने भन्दा पनि देश र विदेश घुमी राख्ने, कार्यलयमा नबसेर घर गइ राख्ने ,आफ्नो अहोदा अनुसारको काम गर्न नसकेको भन्दै तालाबन्दी गरेका हुन् । राई विगत पाँच दिनयता उदयपुरस्थित आफ्नो घरमा नै छन् ।

चन्दलाई एन्फाका केन्द्रिय सदस्य रमेश ब्यञ्जनकार र रुपेश अधिकारीले पनि साथ दिएका थिए । ताला लगाउने समयमा एन्फाका वरिष्ट उपाध्यक्ष पनि त्यहाँ रहेको एन्फा स्रोत बताएका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार