दार्जीलिङ (मिरिक) नेपाली गीत संगीतका नक्षत्र गोपाल योञ्जनको ८० औँ स्मृति दिवस भारतको दार्जिलिङ स्थित मिरिकमा भव्यताका साथ मनाइएको छ । गोपाल योञ्जन प्रतिष्ठानको आयोजनामा भारतको पर्यटकीय सहर मिरकमा गोपाल योञ्जनको ८० स्मृति दिवस मनाइएको हो । दिवसमा नेपाल र भारतका गीतकार, संगीतकारको बाक्लो उपस्थिति रहेको थियो ।

गोपाल योञ्जनको ८० औँ स्मृति दिवसमा गोपाल योञ्जन श्रष्ठा सम्मान पुरस्कारबाट नेपाली संगीतकी एक नक्षत्र दिलमाया खातिलाई पुरस्कृत गरिएको थियो । नेपाली गीत संगीतमा योगदान पु¥याएबापत भारतको दार्जिलिङ निवासी खातिलाई गोपाल श्रष्ठा सम्मान पुरस्कार २०२३ बाट सम्मानीत तथा पुरस्कृत गरिएको हो । गोपाल श्रष्ठा सम्मान पुरस्कारको रासि एक लाख भारतीय रुपैयाँ रहेको छ ।

भारतको दार्जिलिङको मिरिकमा विक्रिम सम्बत २००० साल भदौ १६ मा जन्मिएका गोपाल योञ्जनको निधन २०५४ सालमा काठमाडौँमा भएको थियो । नेपाली गीत संगीतका नक्षत्र स्वर्गीय गोपाल योञ्जनको ८० औँ जन्मदिनको अवसरमा गोपालाञ्जली स्मारिका सार्वजनीक र शालिक अनावरण गरिएको थियो । स्मारिका र शालिकको नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङ सहितको अतिथिहरुले सामुहिक रुपमा अनावरण गरे ।
स्मारिका र शालिक अनावरणपछिको सांगितिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले दार्जिलिङ क्षेत्रमा जन्मेर नेपालमा स्थायी रूपमा बसेर गीत संगीतको माध्यमबाट नेपालीभाषीलाई एक मालामा बाध्य सफल गोपाल योञ्जनको योगदान अविस्मरणिय रहेको बतानउनुभयो । वहाँले गोपाल योञ्जनको नेपाल टेलिभिजनमा गरिएको एक साँझलाई डिजिटलाइट गरि व्यवस्थित गर्ने बताए ।

गोपाल योञ्जनको ८० औँ स्मृति दिवसमा भारतको सिक्किम, दार्जिलिङ, नेपाल, भुटानसम्मका नेपालीभाषि तथा गीत संगीतकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली गीत संगीतको सांगीतिक कार्यक्रम समेत आयोजना भएको थियो ।
