Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

माइजोगमाईमा फोहोर व्यवस्थापन अभिमुखिकरण र डस्बिन वितरण (फोटो फिचर)

माइजोगमाईमा फोहोर व्यवस्थापन अभिमुखिकरण र डस्बिन वितरण (फोटो फिचर)

  • सन्देस सम्बाददाता
  • मंगलबार, भाद्र १२ २०८०


माइजोगमाईमा फोहोर व्यवस्थापन अभिमुखिकरण र डस्बिन वितरण (फोटो फिचर)

नयाँबजार । फोहोर ब्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम तथा १ घर २ डस्वीन वितरण कायक्रम माईजोगमाईमा सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिकाको आयोजनामा गाउँपालिकामा फोहोर ब्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम तथा १ घर २ डस्वीन वितरण गरिएको हो । कायक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा सम्पन्न कार्यक्रम माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई वडाध्यक्ष याम कुमार कार्की वडा नं १ का वडा सदस्यहरु बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु नयाँबजारबासी लगायतको उपस्थिति रहेको थियो ।


माईजोगमाई गाउँपालिकाको नयाँबजार माईजोगमाई गाउँपालिकाकै ठूलो बजार भएको र यो बजारलाई ब्यवस्थित बनाउन पहल गर्ने बजार बासीलाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले धन्यवाद समेत व्यक्त गरे । माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधिहरु गाउँपालिकालाई स्वच्छ र सुन्दर बनाउन प्रयत्नशिल रहेको उनले बताए । बोतल लगायतका सामाग्री बिच बाटोमा नफाली सुरक्षित ठाउमा राख्नको लागि पालिका अध्यक्षले अनुरोध समेत गरे। ठूला ठूला संरचना बन्दैमा मात्र पालिकाको बिकास नहुने र पालिका बासीको बानीको समेत बिकास गर्नुपर्ने कुरा समेत उनले बताए । साथै माईजोगमाईको नयाँबजारमा बनाईएको सरसफाई कार्ड सबैले बनाएर नविकरण समेत सबैले गर्नुपर्ने र नविकरण समेत नगरेमा कानुन बमोजिम गर्ने माईजोगमाई गाउँपालिका अध्यक्षले बताए ।


अभिमुखिकरण कार्यक्रममा उपस्थित सबैलाई स्वगत मन्तब्य राख्दै गाउँपालिका उपाध्यक्ष प्रविना राईले डस्विन बितरण पछि केहि दिनमा नै अनुगमन गर्ने कुरा समेत व्यक्त गरिन्। पहिलो कार्यकालमा डम्पीङ साईडको स्थापना गरेको र त्यसमा पनि समस्या आउने भएको हुदा नकुईने फोहोरलाई बिभिन्न रुपमा प्रयोग गर्ने र कुईने फोहोरलाई कम्पोष्ट मल बनाउन प्रयोग गरेमा बातावरण प्रदुर्षण कम हुने, नयाँबजार लाई स्वच्छ बनाउन सबैजना लाग्नु पर्ने माईजोगमाई गाउँपालिका वडा नं १ का वडा अध्यक्ष याम कुमार कार्कीले बताए ।


गाउँपालिकाले गर्दै आएको यस प्रकारको काममा बजार बासीको समेत सहयोग रहने बजार ब्यस्थापन समितिका उपाध्यक्ष पुनम गुरुङले बताए ।
फोहोरलाई बर्गीकरण गरी कुईने फोहोरलाई कम्पोष्ट मल बनाउने र नकुईने फहोरबाट अन्य सामग्री बनाउन सकिने कुरा कार्यक्रमका सहजकर्ता राम रिमालले सहजीकरण गर्ने क्रममा बताए ।


माईजोगमाई गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमाको संचालन गाउँपालिकाका कम्प्युटर अपरेटर अशोक लिम्बु राजस्व तथा सहकारी शाखा प्रमुखले संचालन गरेका थिए । बजार बासीहरुलाइ एक घर २ डस्टविन वितरण गरीएकोमा रातो डस्ट्विनमा नकुहिने र निलोमा कुहिने फ़ोहोर ब्यवस्थापन गर्ने गरि ड्स्ट्विन ३०० थान डस्टविन वितरण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार