Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लोभलाग्दो चौरीपालन, किसानको आकर्षण बढ्दै (फोटो फिचर)

लोभलाग्दो चौरीपालन, किसानको आकर्षण बढ्दै (फोटो फिचर)

  • सुजन तिमल्सना
  • मंगलबार, भाद्र १२ २०८०


लोभलाग्दो चौरीपालन, किसानको आकर्षण बढ्दै (फोटो फिचर)

इलाम । लोप हुँदै गएको चौरी पालन पेशाप्रति इलामको लेकाली क्षेत्रका युवाहरुको आकर्षण बढेको छ । हिमाली क्षेत्रको आम्दानीको श्रोतको रुपमा रहेको चौरीपालनबाट युवाहरुले चौरी पालनको व्यवसायिक विकास र प्रवद्र्धनमा सक्रियता देखाएका हुन् ।


लेकाली हावापानी शितल–सुन्दर घाँसे मैदानमा सन्दकपुर २ को धुपि क्षेत्र चौरी पालनको पकेट क्षेत्र हो । तीनदेखि छ हजार मिटर उचाइको हावापानी रुचाउने चौरीलाई यो क्षेत्र अनुकुल मानिन्छ । चौरी एउटा गाईको प्रजाती हो । यो घर पालुवा र जंगली गरि दुई प्रकारको हुन्छ र उराङ जातको चौरीलाई घरमा पाल्ने गरिएको छ ।


इलामका उच्च पहाडी क्षेत्र फालेलुङमा परम्परादेखि नै चौरी पालन व्यवसाय पछिल्लो समयमा बढ्दै गएको छ । चौरी पालनमा अहिले युवाहरूको आकर्षण बढ्दै गएको छ । सन्दकपुर गाउँपालिका २ का राम बहादूर राई वैदेशीक रोजगारीबाट १० वर्ष फर्किएर चौरी पालन गरिरहेका छन् ।


परम्पारगत रुपमा सन्दकपुर २ को धुपि क्षेत्रमा चौरी पालन हुँदै आएको थियो । अहिलेराईको गोठमा २५ वटा चौरी छन् । राईले घरपालुवा उराङ जातिका चौरीहरु पालेका हुन् । सन्दकपुर ४ को बिखेभञ्ज्याङ्ग क्षेत्रमा पनि चौरी पालनको काम हुँदै आएको छ । आम्दानीको हिसावले दूध, घ्यू र छुर्पी बेचबिखन गरि वार्षिक रुपमा ५ लाख चौरी गोठक संचालनकले आम्दानी गर्दै आएका छन् ।


चौरीको दूधबाट मात्र होइन रौंबाट पनि आम्दानी हुने गरेको छ । रौबाट राडीपाखी बन्ने गरेको छ । यहाँका युवाहरुको चौरीप्रतिको माया देखेर आन्तरिक तथा बाह्य पर्यटक समेत लोभिने गरेका छन् ।


गाई (किर्खो)बाट जन्मिने चौंरीलाई ‘उराङ’ र पहाडी गोरु याककको संसर्गबाट जन्मिने सन्तानलाई ‘डिम्जो’ भनिन्छ । डिम्जो चौरी जस्तै दूधालु हुन्छ तर, झोप्क्यो (भाले) भने नपुंशक हुन्छ र भारी बोक्न काम लाग्ने हुन्छ । दूध, घ्यू, छुर्पी भने घरपालुवा गाईको तुलनामा महंगो मूल्यमा बिक्री हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार