Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको देउमाई नगरपालिकामा लिफ्ट सहितको प्रशासकिय भवन निर्माण अन्तिम चरणमा (फोटो फिचर)

इलामको देउमाई नगरपालिकामा लिफ्ट सहितको प्रशासकिय भवन निर्माण अन्तिम चरणमा (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • मंगलबार, साउन ३० २०८०


इलामको देउमाई नगरपालिकामा लिफ्ट सहितको प्रशासकिय भवन निर्माण अन्तिम चरणमा (फोटो फिचर)

देउमाई (मंगलबारे) । इलामको पश्चिमि क्षेत्रको प्रमुख व्यापारीक केन्द्र रहेको देउमाई नगरपालिकाले लिफ्ट सहितको आधुनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्थानीय तह घोषणा अघिकै पुरानो भवनमा प्रशासनिक सेवा गर्दै आएको नगरपालिकाले प्रथम कार्यकालमा आधुनिक भवन निर्माण शुरु गरेको थियो ।


मंगलबारे गाविस हुँदाको भवनमा प्रशासकिय सेवा दिँदै आएको इलामको पश्चिमि देउमाई नगरपालिकाले आधुनिक प्रशासकिय भवन निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको नगर प्रमुख सुर्य पोखरेलले बताए । स्थानीय तह घोषणा भई निर्वाचित जनप्रतिनिधि आएपनि प्रशासनिक काम गर्न पुरानो भवन साँघुरो भएपछि नगरपालिकाले आधुनिक भवन निर्माण शुरु गरेको हो ।


पुरानो भवन भत्काएर लिफ्ट सहितको आधुनिक भवन निर्माणको काम निर्माण व्यवसायीले शुरु गरिसकेका छन् । संघीय सरकारको समपूरक कोष र नगरपालिकाको संयुक्त लगानीमा भवन निर्माणको काम २०७८ कात्तिक २८ मा ठेक्का संझौता भएको थियो । भवन ठेक्का संझौता भएको मितिले ३० महिनामा निर्माणको काम सकि हस्तान्तरण गर्नुपर्ने प्रमुख प्रशासकिय अधिक हरि दाहालले बताए ।


भवनको स्टामेट रकम १४ करोड २३ लाख रहेकोमा ९ करोड ७२ लाखमा निर्माणको काम सक्ने गरि नवसिर्जनसिल कविन्द्र जेभिले ठेक्का संझौता गरेको थियो । ५ तलाको भवनमा सभा हल सहित ४४ वटा कोठा हुनेछन् ।


२ हजार ५ सय १० वर्गमिटर क्षेत्रमा निर्माण हुने भवन परिसरमा पार्किङस्थल पनि निर्माण हुनेछ । भवन निर्माणका लागि ठेक्का संझौतापछि निर्माण कम्पनीले १० प्रतिशत भुक्तानी दिएको इञ्जिनियर प्रतिक दवाडीले बताए । देउमाई नगरपालिका पश्चिमि इलामको प्रमुख व्यपारीक केन्द्र हो । नगरपालिकाको प्रमुख प्रशासकिय भवनका लागि ५ रोपनी जग्गा व्यवस्थापनको भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार