Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अन्तु पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको आकर्षण (तस्बिरहरु)

अन्तु पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको आकर्षण (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • शुक्रबार, साउन १९ २०८०


अन्तु पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको आकर्षण (तस्बिरहरु)

अन्तु । सुर्योदयको दृश्यावलोकनका लागि प्रख्यात इलामको अन्तुडाँडामा भारतीय पर्यटकको आकर्षण बढेको छ । प्राकृतिक सुन्दरता, अन्तु पोखरीको भ्रमण र सूर्योदयको दृश्यावलोकनका लागि भारतीय पर्यटक पशुपतिनर नाका हुँदै आउने गरेका छन् ।

 

अन्तु पर्यटकिय क्षेत्र इलामको सूर्योदय नगरपालिका ४ र ५ मा अवस्थित छ । समुदायद्धार पर्यटन प्रवद्र्धन गरिएको अन्तुमा अहिले भारतीय पर्यटकहरुले आफ्नो घुमफिरको गन्तव्य बनाएका छन् ।

भारतका विभिन्न राज्यबाट दार्जिलिङ्ग भ्रमणका लागि आउने पर्यटकहरुले पशुपतिनगर नाका हुँदै अन्तु भ्रमणमा पुग्ने गरेका हुन् । भारतको विहार, केरला, सिलोङ, असाम, पश्चिम बंगालका पर्यटकहरु अन्तु भ्रमणमा पुग्ने गरेका छन् ।

गर्मीका कारण सितल खोज्दै आउने पर्यटकहरुको संख्या अन्तुमा बढ्दै गएको हो । उनीहरुले अन्तु क्षेत्र सुन्दर रहेकाले पुन भ्रमण गर्ने बताएका छन् । हरियाली चिया बगान, भारतीय सहर, कंचनजंङ्घा हिमालको दृश्यावलोकन र घोडचढिको आनन्द अन्तु पुगेका पर्यटकहरुले लिने गरेका छन् ।

अन्तुको यात्रा गर्ने सडक पक्कि भएकाले समस्या छ्रैन । जसका कारण पर्यटकलाई यात्रा लागि कुनै समस्या हुँदैन । तर अन्तुमा पर्यटकहरुको सुविधाका लागि सुचना केन्द्र नभएकाले सहि सुचना नपाएको भारतीय पर्यटकहरुको गुनासो छ ।


अन्तुडाँडा समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा अवस्थित छ । अन्तु इलामको व्यवसायिक र नेपाल भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगर फिक्कलहुँदै एक घण्टाको यात्रा पछि पुगिन्छ । वि.सं. २०४३ मा यसलाई दिपेन्द्र शिखर नामाकरण गरिएको भए पनि पुरानै नाम अन्तु डाँडाबाट प्रसिद्ध छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार