Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटन प्रबर्द्धनका लागी चलचित्र कृष्णलिलाको साउन २७ गते इलाममा प्रदर्शन

पर्यटन प्रबर्द्धनका लागी चलचित्र कृष्णलिलाको साउन २७ गते इलाममा प्रदर्शन

  • सन्देस सम्बाददाता
  • बुधबार, साउन १७ २०८०


पर्यटन प्रबर्द्धनका लागी चलचित्र कृष्णलिलाको साउन २७ गते इलाममा प्रदर्शन

इलाम । पर्यटन प्रबर्द्धनका लागी सिनेमा भन्ने मुल नाराका साथ लचित्र कृष्णलिलाको साउन २७ गते इलाममा प्रदर्शन हुने भएको छ । इलाम तथा पाँचथरका विभिन्न पर्यटकिय क्षेत्रहरूमा छायांकन भएको साथै राष्ट्रिय कलाकार सङ्गै स्थानीय कलाकारहरुको समेत अभिनय रहेको छ । चलचित्र कृष्णलिलाको यहि साउन २७ गते शनिबार इलाम स्थित गौतम बुद्ध सभा गृहमा बिशेष प्रदर्शनी हुने भएको छ ।
इलाम जिल्ला भौगोलिक हिसावले चलचित्रका लागि प्राकृतिक चलचित्र स्टुडियो नै रहेको यस चलचित्रका निर्माता तथा नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले बताए । पछिल्लो समय जिल्लाका स्थानीय सरकारले समेत चलचित्र पर्यटन तथा कलाकर्मीहरुलाई प्रोत्साहन,प्रबर्द्धन गरि रहेकोमा उहाँहरु प्रती धन्यवाद दिन चाहान्छन् । विशेष प्रदर्शनीबाट उठेको रकम बाट स्थानीय पर्यटनको प्रबर्द्धनमा खर्च गरिने फ्लोरिक्चर एशोएसियन नेपाल  इलाम शाखा का सचीव एवम् यस प्रदर्शनि कार्यक्रमका संयोजक रन्जिता जिमि यक्खाले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार