Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

पशु प्राविधिक सिकेर फाकफोकथुममा व्यवसायीक बाख्रा पालन (तस्बिरहरु)

पशु प्राविधिक सिकेर फाकफोकथुममा व्यवसायीक बाख्रा पालन (तस्बिरहरु)

  • लिला सुब्बा
  • बुधबार, साउन १७ २०८०


पशु प्राविधिक सिकेर फाकफोकथुममा व्यवसायीक बाख्रा पालन (तस्बिरहरु)

फाकफोकथुम । नेपाली युवा प्राविधिक शिक्षा अध्ययन पछि वैदेसिक रोजगारीमा जान चाहान्छन् । तर इलामको फाकफोकथुम गाउँपालिका ३ का लक्ष्वण ढकालले पशु प्राविधिक अध्ययनपछि घरमै व्यवसायीक बाख्रा पालन गरि मनग्ये आम्दानी लिन थालेका छन् । फाकफोकथुम ३ का लक्ष्वण ढकालले ५ वर्ष अघि पशु प्राविधिक अध्ययन गरे । इलामको जितपुरमा पशु प्राविधिकको अध्ययन सकेपछि प्रयोगात्मक कक्षाका लागि झापामा बसेका ढकाल व्यवसायीक बाख्रा पालनमा आकर्षित भए ।


प्रयोगात्मक कक्षा सकिएपछि परम्परागत रुपमा पालन हुँदै आएको बाख्रा पालन घर फर्किएर ढकालले व्यवसायीक बनाए । ५ वर्षदेखि व्यवसायीक बाख्रा पालन शुरु गरेका ढकालका गोठमा अहिले ६५ वटा खसिबोका रहेका छन् । ७ वटा बाख्रा खरिद गरि शुरु भएको ढकालको फार्मबाट खसिबो बिक्रि गरि वार्षिक ८ लाखसम्म आम्दानी हुँदै आएको छ ।


बोयर, खरि, जमुनापारि, साधन जातिका खसिबोकाको पालन ढकालको फार्ममा हुन्छ । बिउका लागि बोयर बोका पालिएको छ । डाले घाँस प्रशस्त पाइने भएकाले अहिले बाख्रा पालनमा सहज भएको छ । वर्षातमा हरियो घाँस खुवाउने गरेपनि हिउँदका लागि ३२ रोपनी जग्गामा लगाएको एड्भेण्टा जातको मकैबाट साइलेज बनाएर राख्ने गरिएको छ ।
वर्षातमा कलिलो घाँसमा परालको कुटि मिसाएर खुवाउने गरिएको छ । प्रशस्त घाँसहरु पाइने भएकाले परम्परागत बाख्रा पालनबाट व्यवसायीक बाख्रा पालनमा किसान आकर्षित भएका छन् ।


बाख्रा पालन गर्दै आएका किसानहरुलाई फाकफोकथुम गाउँपालिकाले प्राविधिक र गोठ सुधारमा सहयोग गर्दै आएको पशु प्राविधिक पर्शुराम अधिकारीले बताए ।
खसिबोका खरिद गर्न व्यवसायी घरमै पुग्ने गरेकाले बजारको समस्या छैन । वर्षमा एक पटक बिक्रि गर्ने भएकाले किसान आफैले पनि झापाका बजारमा पु¥याएर बिक्रि गर्दै आएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार