Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाउँपालिकाकाे आर्थिक वर्ष २०७९\०८० को समिक्षा तथा सार्वजनकि सुनुवाई सम्पन्न

सन्दकपुर गाउँपालिकाकाे आर्थिक वर्ष २०७९\०८० को समिक्षा तथा सार्वजनकि सुनुवाई सम्पन्न

  • सन्देस सम्बाददाता
  • सोमबार, साउन १५ २०८०


सन्दकपुर गाउँपालिकाकाे आर्थिक वर्ष २०७९\०८० को समिक्षा तथा सार्वजनकि सुनुवाई सम्पन्न

इलाम । इलामको सन्दकपुर गाउँपालिकाको गत आर्थिक वर्ष २०७९\०८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रशासन शाखा प्रमुख धननरायण श्रेष्ठले गत आव २०७९\०८० मा संचालन भएका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सन्दकपुर गाउँपालिकाले गत आवमा ५१ करोड २२ लाख २१ हजार सात सय ५२ रुपैयाँ विनियोजन गरेकोमा ४५ करोड ४२ लाख ६० हजार छ सय ६२ रुपैयाँ अर्थात् ८८ दशमलव ६८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

सन्दकपुर गाउँपालिकाले गत आवमा आर्थिक विकासमा आठ करोड ५७ लाख ५३ हजार चार सय रुपैयाँ विनियोजन भएकोमा छ करोड ४५ लाख २८ हजार छ सय ५४ रुपैयाँ अर्थात् ७५ दशमलव २५ प्रतिशत खर्च गरेको छ ।

सामाजिक विकासमा १६ करोड ६५ लाख १६ हजार छ सय ४३ रुपैयाँ विनियोजन गरेकोमा १५ करोड १६ लाख ७१ हजार छ सय ३१ रुपैयाँ अर्थात् ९१ दशमलव ०८ प्रतिशत खर्च गरेको छ ।

पूर्वाधार विकासमा आठ करोड ९३ लाख ४९ हजार पाँच सय ८४ रुपैयाँ विनियोजन भएकोमा सात करोड ९८ लाख ४६ हजार चार सय १६ रुपैयाँ अर्थात् ८९ दशमलव ३६ प्रतिशत खर्च भएको छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, वित्तीय व्यवस्थापनमा आठ करोड ८४ लाख ६५ हजार एक सय २५ रुपैयाँ विनियोजन भएकोमा आठ करोड ५८ लाख पाँच हजार सात सय ३५ रुपैयाँ अर्थात् ९६ दशमलव ९९ प्रतिशत खर्च भएको छ ।

त्यसैगरी प्रशासनिक खर्चमा आठ करोड २१ लाख ३७ हजार रुपैयाँ विनियोजन भएकोमा सात करोड २४ लाख आठ हजार दुई सय २४ रुपैयाँ अर्थात् ८८ दशमलव १६ प्रतिशत खर्च भएको छ ।

कार्यक्रममा सेवाग्राहीहरुले विभिन्न प्रश्न एवम् गुनासोहरु राखेका थिए । कार्यक्रममा त्रिलोचन खतिवडा, दाताराम खतिवडा, तुलासा गिरी खवास, प्रदम भट्टराई, राम वाङदेल, कमल सुवेदीलगायतले प्रश्न र गुनासो राखेका थिए ।

सेवाग्राहीहरुको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरीबहादुर लुङ्गेली, प्रमुख प्रशासकीय अधिकृत महेश राई, १ नं। वडा अध्यक्ष रहर राई, २ नं वडा अध्यक्ष सनम राई, ३ नं। वडा अध्यक्ष लिलबहादुर बुर्जाले जवाफ दिएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार दिनेश सुवेदीले गरेका थिए ।

कार्यक्रममा अध्यक्ष गुरुङ, उपाध्यक्ष हरीबहादुर लुङ्गेली, प्रमुख प्रशासकीय अधिकृत महेश राई, जिल्ला समन्वय समिति सदस्य सीता कार्की, १ नं वडा अध्यक्ष एवम् प्रवक्ता रहरकुमार राई, नेपाली कांग्रेस इलामका सहसचिव देवेन्द्र सुवेदी, नेकपा एमाले सन्दकपुर अध्यक्ष गिरीराज खनाल, नेकपा माओवादी केन्द्रका जीवन शिवा, नेकपा एकीकृत समाजवादीका नेत्र पराजुली, राप्रपाकी पुण्यप्रभा भट्टराई, नेपाल आदिवासी जनजाति महासंघ सन्दकपुर अध्यक्ष रुपेन नेम्बाङ, देउराली बजार व्यवस्थापन समिति पूर्व अध्यक्ष प्रेम नाछिरिङ, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्ल भट्टराई, स्थानीय समाजसेवी नेत्रप्रसाद रिजाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वक्ताहरुले सन्दकपुर गाउँपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी, सबै राजनीतिक दल र सरोकारवालाहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । वक्ताहरुले सन्दकपुर गाउँपालिकाको विकास र समृद्धिका लागि आआफ्नो क्षेत्रबाट योगदान गर्ने प्रतिवद्धता जनाए ।

नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

यसैबीच सन्दकपुर गाउँपालिकाको आर्थिक वर्ष २०८०\०८१ का लागि पारित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । सन्दकपुर गाउँपालिकाको १३ औं गाउँअधिवेशनबाट पारित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । कार्यक्रममा ४० करोड ५५ लाख तीन हजार तीन सय २२ रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाले आर्थिक विकासमा आठ करोड ३५ लाख ५८ हजार आठ सय ६२ रुपैयाँ, सामाजिक विकासमा १८ करोड नौ लाख ६७ हजार चार सय ९३ रुपैयाँ, पूर्वाधार विकासमा पाँच करोड ७६ लाख ४८ हजार ९७ रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा एक करोड ५१ लाख ६२ हजार दुई सय ६८ रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी प्रशासनिक खर्चमा ५ करोड ८१ लाख ६६ हजार छ सय रुपैयाँ विनियोजन गरेको छ ।

सन्दकपुर गाउँपालिकाले आम्दानीका श्रोतका रुपमा अल्याबाट ५७ लाख ४० हजार ७८ रुपैयाँ र आन्तरिक आम्दानीबाट एक करोड ५७ लाख नौ हजार नौ सय २१ रुपैयाँ अनुमानित आय पारित गरेको छ । त्यसैगरी संघीय सरकार समानीकरण अनुदानबाट आठ करोड १२ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदानबाट ४८ लाख एक हजार रुपैयाँ, संघीय सरकार राजस्व बाँडफाँडबाट सात करोड ५९ लाख ५९ हजार तीन सय २२ रुपैयाँ, प्रदेश सरकार राजस्व सवारी साधान कर बाँडफाँडबाट ४५ लाख ९४ हजार रुपैयाँ अनुमानित आय पारित गरेको छ ।

त्यसैगरी प्रदेश सरकार समपूरक अनुदान चालु एक करोड, संघीय सरकार सशर्त अनुदान चालु चार करोड ६७ लाख रुपैयाँ, प्रदेश सरकार सशर्त अनुदान एक करोड ३० लाख ९९ हजार रुपैयाँ, संघीय सरकार समपुरक अनुदान चालु ५० लाख र संघीय सरकार विशेष अनुदान चालु ५० लाख अनुमानित आय पारित गरेको छ ।

सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक गरेका थिए । कार्यक्रमको संचालन आर्थिक प्रशासन शाखा प्रमुख युवराज नेपालले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार