Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

सडक स्तरउन्तीपछि जौबारीबासी पर्यटन व्यवसायमा आकर्षण (तस्बिरहरु) 

सडक स्तरउन्तीपछि जौबारीबासी पर्यटन व्यवसायमा आकर्षण (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • आइतबार, साउन १४ २०८०


सडक स्तरउन्तीपछि जौबारीबासी पर्यटन व्यवसायमा आकर्षण (तस्बिरहरु) 
सन्दकपुर (जौबारी) । पूर्वी नेपालको मुस्ताङले परिचत इलामको जौबारी जोड्ने सडक स्तरउन्नती भएपछि स्थानीयबासी पर्यटन व्यवसायमा आकर्षित भएका छन् । भारत र नेपालबाट जौबारी पुग्ने पर्यटकको संख्या बढेपछि पर्यटन व्यवसायनमा आकर्षण बढेको हो ।
जौबारी नेपाल भारत सीमा क्षेत्रबाट नजिकै पर्छ । प्राकृतिक सुन्दरतामा रम्न सकिने जौबारीमा भारतबाट पर्यटक आउने क्रम पहिले देखिकै हो । पछिल्ला दिनमा आन्तरिक पर्यटकको संख्या जौबारीमा बढेको छ । इलामको फिक्कल नयाँबजार हुँदै जौबारी पुग्ने सडक स्तरउन्नती भएपछि जौबारी पुग्नेको संख्या बढेको हो ।
जसका कारण जौबारीबासी पर्यटन व्यवसायमा आकर्षित भएका छन् । परम्पारगत व्यवसाय छोडि अहिले जौबारीमा होटल, होमस्टे खुल्दै क्रम बढ्दो छ । किराना पसल बन्द गरि होमस्टे संचालन शुरु गरेकी लक्कि सेर्पाका अनुसार पर्यटन व्यवसायबाट आम्दानी राम्रो हुँदै आएको छ ।
भारतबाट कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर पदयात्रा गर्ने पर्यटकहरु जौबारीमा बास बस्ने गरेका छन् । जौबारी भ्रमण गर्नेको नेपाली पर्यटकको संख्या पनि बढ्दो छ । नयाँबजार जौबारी सडक प्रदेश सरकारबाटै स्तरउन्नती भएपछि हिउँद वर्षात नै सवारीसाधन संचालन हुँदै आएका छन् ।
सवारीसाधन सहजै गुड्न थालेपछि पर्यटकको संख्या अहिले जौबारीमा बढ्दो छ । जौबारीमा हिमाली दृश्य, प्राकृतिक सुन्दरता सँगै सूर्योदयको दृश्यावलोकनका लागि पर्यटकहरु पुग्ने पर्यटन व्यवसायी सोनाम तामाङले बताए ।
जौबारी सन्दकपुर गाउँपालिका ५ र माईजोगमाई गाउँपालिका २ मा पर्दछ । जौबारी नेपालमा आलु खेतीको अनुसंन्धान गर्ने थलो पनि हो । जौबारीमा सिजनमा दैनिक ३ सय सम्म पर्यटक पुग्ने गरेका छन् । हिउँ परेका बेला यहाँ हिउँ खेल्न पुग्नेको संख्या बढ्दै गएको सन्दकपुरर गाउँपालिका ५ का वडासदस्य कुमार गुरुङ्गले बताए ।
नयाँबजार जौबारी सडक प्रदेश सासंद खिनु लङ्वा लिम्बु पहलमा स्तरउन्नतीको काम हुँदै आएको हो । फिक्कलबाट नयाँबजार जोड्ने सडक पनि लङ्वाकै पहलमा अहिले कालोपत्रे भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार