Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा यान्त्रिकरण र व्यवसायीक बनाउन किसानलाई प्रविधि हस्तान्तरण

इलाममा यान्त्रिकरण र व्यवसायीक बनाउन किसानलाई प्रविधि हस्तान्तरण

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ९ २०८०


इलाममा यान्त्रिकरण र व्यवसायीक बनाउन किसानलाई प्रविधि हस्तान्तरण

इलाम : इलाम नगरपालिकाले कृषिमा यान्त्रिकरण र व्यवसायीक बनाउन किसानलाई प्रविधि हस्तान्तरण गरिएको छ । पालिकाले वडा न ३ को आर्थिक बिकाश कार्यक्रम अन्तर्गत कृषि तथा पशुपालक किसानलाई अनुदानमा प्रविधि हस्तान्तरण गरिएको हो । किसानलाई ५० प्रतिशत अनुदानमा प्रविधि उपकरण हस्तान्तरण गरिएको वडासचिव मनकुमार गुरुङले बताए ।

इलाम नगरपालिकाले किसानलाई १५ थान च्यापकटर र सिचाईका लागि पाइप हस्तान्तरण गरिएको हो । किसानलाई प्रविधि उपकरणहरु इलाम नगरपालिका प्रमुख केदार थापा, १ नम्बरका वडाध्यक्ष गायत्री राम बस्नेत , ८ नम्बरका वडाध्यक्ष दलमान तामाङ सहित पुर्ब वडा अध्यक्ष तिर्थ गुरुङ लगायतले हस्तान्तरण गरेका थिए । वडा अध्यक्ष हेमन सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख केदार थापा रहेका थिए ।
नगरको समृद्धि कृषि
कार्यक्रममा बोल्दै थापाले भने,‘हामीले लामो समय विकास र समृद्धिको भाषण गर्यौ, अब कार्यान्वयनको समय आएको छ’ त्यसैले आम इलाम नगरबासिको चहाना पुरा गर्न म निरन्तर लागिरहेको छु अब नगरको समृद्धि कृषिबाटै हुने भएकाले किसानको समस्या समाधान गर्न इलाम नगरपालिका सधै लागिरहने छ ।’

उनले किसानलाई समय अनुकुल अगाडि बडाउन प्रबिधिमा जोड दिईने समेत बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार