Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम गाउँपालिकाको पुँजिगत खर्च ७६.६ प्रतिशत

फाकफोकथुम गाउँपालिकाको पुँजिगत खर्च ७६.६ प्रतिशत

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २ २०८०


फाकफोकथुम गाउँपालिकाको पुँजिगत खर्च ७६.६ प्रतिशत

इलाम । इलामकाे फाकफोकथुम गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा पुँजिगत खर्च ७६.६ प्रतिशत र चालु खर्च ८९.६३ प्रतिशत गरेको छ । फाकफोकथुमले पुँजिगततर्फ भन्दा चालुतर्फ १३.०३ प्रतिशत बढि खर्च गरेको हो ।

पालिकाको कुल बजेट ५९ करोड ५३ लाख १४ हजार रहेको थियो । उत्त बजेट मध्ये पुँजिगतर्फ छुट्टाईएको १५ करोड २८ लाख ६५ हजार पाँच सय ७५ रुपैँयाको ७६.६ प्रतिशत अर्थात ११ करोड ७१ लाख एक हजार दुई सय ७० रुपैँया १८ पैसा खर्च भएको फाकफोकथुम गाउँपालिकाले जनाएको छ ।

चालु खर्चतर्फ विनियोजित ४४ करोड २४ लाख ४८ हजार चार सय २५ रुपैँयाको ८९।६३ प्रतिशत अर्थात् ३९ करोड ६५ लख ७१ हजार चार सय ६४ रुपैँया ४६ पैसा खर्च भएको छ ।

समग्रमा पालिकाले कुल बजेटको ८६.२९ प्रतिशत अर्थात ५१ करोड ३६ लाख ७२ हजार सात सय ३४ रुपैँया ६४ पैसा खर्च भएको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूद्वारा हस्ताक्षरित खर्च सार्वजनिकीकरण सम्बन्धी सूचनामा उल्लेख छ ।

फाकफोकथुमले आर्थिक विकासमा ८१.८० प्रतिशत, सामाजिक विकासमा ८९।५३ प्रतिशत, पूर्वाधार विकासमा ७१.४२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ८२.१३ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिकमा ९०.३० प्रतिशत खर्च गरेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार