इलाम । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्वोत्कृष्ट आयोजना तथा व्यवस्थापनको इलाम जिल्ला उत्कृष्ट घोषित भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति इलामलाई १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उत्कृष्ट व्यवस्थापन तर्फको सम्मान प्रदान गरेको हो ।
पुर्व मुख्यमन्त्री राजेन्द्र राईले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलालाई सम्मानपत्र प्रदान गरेका हुन् । समितिले इलामको फाकफोकथुममा १३ औ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेको थियो ।
इलामले ग्रामिण क्षेत्रमा समेत उत्कृष्ट व्यवस्थापन सहित प्रतियोगिता सम्पन्न गरेको थियो ।