Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

राँके स्मृति फुटबल : आज ६ खेल सम्पन्न

राँके स्मृति फुटबल : आज ६ खेल सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, असार ३१ २०८०


राँके स्मृति फुटबल : आज ६ खेल सम्पन्न

इलामको सन्दकपुर गाउँपालिका—४ माबुमा जारी राँके स्मृति नकाउट फुटबल प्रतियोगिता २०८० अन्र्तगत आज ६ वटा खेल सम्पन्न भएको । प्रतियोगिता अन्र्तगत प्रि—क्वाटरफाइल र २ वटा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको हो ।

आजको पहिलो खेलमा सक्षम कन्ट्रक्सनले रेश्मी ब्रदर्सलाई सडन डेथमा हराएको थियो । निर्धारित समयमा दुवै टिमबाट १—१ गोल भएको थियो । दोश्रो खेलमा मंगोल नेश्सनल अगनाइजेसनले जमुना फुटबल क्लबलाई २—१ गोल अन्तरले हराएको हो ।

तेश्रो खेलमा चापगैरी एफसीले माबु—२ लाई ६—१ गोल अन्तरले हराएको हो । त्यसैगरी चौथो खेलमा गोदक एफसीले सेभेन वन्डर्सलाई २—० गोल अन्तरले हराएको थियो । पाँचौ खेलमा इलाम एफसीले सक्षम कन्स्ट्रक्सनलाई २—१ गोल अन्तरले हराएको थियो ।

अन्तिम खेलमा मंगोल अर्गानाइजेसनले आयोजक सन्दकपुर खेल संघलाई सडनडेथमा हराउँदै अघिल्लो चरण पुगेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।

सन्दकपुर खेल संघको आयोजनामा असार २५ गतेबाट जारी प्रतियोगिताको फाइनल खेल साउन २ गते हुनेछ । प्रतियोगिताको बिजेताले ५१ हजार र उपविजेताले २५ हजार रुपैया प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार