Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रियसभाबाट बहुमतले पारित भयो आव ०८०/८१ को बजेट

राष्ट्रियसभाबाट बहुमतले पारित भयो आव ०८०/८१ को बजेट

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार २८ २०८०


राष्ट्रियसभाबाट बहुमतले पारित भयो आव ०८०/८१ को बजेट

काठमाडौं : सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ। बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।

प्रतिनिधिसभाले पारित गरी राष्ट्रियसभामा पठाएको बजेटमाथिको छलफल सकिइसकेको थियो। आज छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकहरुमा प्राप्त खर्च कटौतीको प्रस्तावलाई राष्ट्रियसभा अध्यक्षले निर्णयार्थ प्रस्तुत गरेका थिए।

त्यसपछि अर्थमन्त्री डा।प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार