फिक्कलः इलामका चर्चित गायक रगुन गुरुङको स्वरमा रहेको गजल ‘यादहरु’ सार्वजनिक भएको छ । जय भण्डारीको शब्द र रुबिन जोए को संगीत रहेको छ । प्रेममा विछोडपछिका दिनहरु यादगार बन्ने गरेको कथालाई लयात्मक तरिकाले देखाईएको छ । विगतलाई भुल्न नसकिएको र सम्झनामा दिन बितिरहेको यथार्थलाई गजलमा ब्यक्त गरिएको हो ।
गजलमा भनिएको छ, ‘एउटा कथा जिन्दगीको डढ्यो खरानी भई । छोडी गयौ यादहरु सपना सिरानी भई ।’ करिब ५ मिनेटको गितका शब्दले वियोगमा बाँचिरहेकाहरुको कथालाई समेटेको छ । विद्यालय संचालनलाई मुख्य पेशा बनाएका रगुनले हालसम्म दुई दर्जन गीतमा स्वराङ्कन गरेका छन् । ‘प्रियता’ र ‘आफ्नोपन’ शिर्षकको दुई वटा सोलो एल्वम बजारमा आएका छन् ।
६ वटा म्युजिकल भिडियो र ६ वटा लिरिकल भिडियो सार्वजनिक भएका छन् । प्याब्सन इलामका वर्तमान अध्यक्ष रहेका गरुङ सूर्योदय नगरपालिका ९ स्थित न्यू वल्र्ड सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल हुन् ।
https://youtu.be/Ao6azd2PMkg