Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

केदारनाथ यात्रामा निस्किएका राइडर विश्वास पटना पुगे

केदारनाथ यात्रामा निस्किएका राइडर विश्वास पटना पुगे

  • सन्देश सम्वाददाता
  • बुधबार, असार २० २०८०


केदारनाथ यात्रामा निस्किएका राइडर विश्वास पटना पुगे

इलाम । साइकल मार्फत केदारनाथ यात्रामा निस्किएका इलाम एमटिबी राइडरका सदस्य विश्वास राई पटना पुगेका छन् । ११ दिनमा उनी पटना पुगेका हुन् ।  असार १० गते फिक्कलबाट नेपाल भारत धार्मिक पर्यटनको सम्बन्ध बिस्तार र प्रचारप्रसारको उद्धेश्य लिएर हिडेका थिए ।

विना पैसा नेपालबाट विश्वास हिडेको एमटिबी राइडरका अध्यक्ष शरण फागोले जनाए । सूर्योदय नगरपालिका–४ का स्थायी बासिन्दा विश्वास ९ औ राष्ट्रिय खेलकुदमा क्रस क्रन्ट्री र रोड रेसमा प्रदेश १ को प्रतिनिधित्व गर्दै सहभागि भएका थिए । पुर्वमा हुने साइक्लिङ सम्बन्धी गतिविधिमा उनी सक्रिय रुपमा सहभागि भइरहेका छन् । पटनाबाट केदारनाथ सम्मको दुरी ८२४ किलोमिटर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार