Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुखानीका उपभोक्तालाई तीन दिने साबुन, हर्पिक र फिनेल बनाउने तालिम

सुखानीका उपभोक्तालाई तीन दिने साबुन, हर्पिक र फिनेल बनाउने तालिम

  • सन्देश सम्वाददाता
  • सोमबार, असार ११ २०८०


सुखानीका उपभोक्तालाई तीन दिने साबुन, हर्पिक र फिनेल बनाउने तालिम

इलाम । झापाको अर्जुनधारा–३ र इलामको माई–४स्थित सुखानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा आयोजित तीन दिने साबुन, हर्पिक र फिनेल बनाउने तालिम सम्पन्न भएको छ । समूहमा आबद्ध महिला उपभोक्ताहरुलाई सीप प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले गरिबी निवारण कार्यक्रमअन्र्तगत तालिमको आयोजना गरिएको समूहका अध्यक्ष मंगलसिंह लिम्बूले बताए ।

बिर्तामोड–४स्थित नमस्ते टेक्निकल इन्स्टीच्यूट एण्ड कन्सलटेन्सी प्रालिका प्रशिक्षकद्वय रमेश बराल र स्मृति कार्कीले प्रशिक्षण दिएको तालिममा ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको कार्यालय सचिव खगेन्द्र भट्टराईले जानकारी दिए ।
समूहका अध्यक्ष लिम्बूको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन कार्यालय सचिव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार