Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकाको तेह्रौं नगरसभाबाट ६१ करोड १४ लाख पारित

माई नगरपालिकाको तेह्रौं नगरसभाबाट ६१ करोड १४ लाख पारित

  • सन्देश सम्वाददाता
  • आइतबार, असार १० २०८०


माई नगरपालिकाको तेह्रौं नगरसभाबाट ६१ करोड १४ लाख पारित

माई । इलामकाे माई नगरपालिकाको तेह्रौ नगर सभाबाट ६१ करोड १४ लाख ५१ हजारको बजेट पारित गर्दै आईतबार सम्पन्न भएको छ । मेयर खम्बा सिं लिम्बुको अध्यक्षतामा सम्पन्न सभामा उपमेयर हिमा भण्डारीले आर्थिक बर्ष ०८०/०८१ आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।
नगर सभामा आम्दानी तर्फ बित्तिय समानीकरण अनुदान संघ र प्रदेश सरकारबाट गरी १२ करोड २ लाख ९९ हजार, राजश्व बाँडफाडबाट प्राप्त अनुदान ११ करोड ६१ लाख ६० हजार, आन्तरिक आय ६ करोड ७३ लाख ५० हजार, शसर्त अनुदान २९ करोड ७७ लाख ३२ हजार स्बीकृत कार्यक्रम संचालन ऐन तथा निर्देशिका बमोजिम संचालन गर्ने प्रस्तुत गरिएको छ ।
त्यस्तै खर्च तर्फ नगरपालिका तथा वडा चालु खर्च ९ करोड ६९ लाख, कृर्षि तथा पशुपंक्षी सम्बन्धि कार्यक्रममा ५० लाख, स्वास्थ्य क्षेत्र संग सम्बन्धित कार्यक्रममा १ करोड २१ लाख ७९ हजार, शिक्षा क्षेत्र संग सम्बन्धित कार्यक्रममा २ करोड ३२ लाख, सहकारी क्षेत्रमा ११ लाख, बन वाताबरण तथा भुमी ब्यबस्थापन क्षेत्रमा ७५ लाख, महिला तथा वालवालिका तथा लक्षित बर्ग अन्र्तगतको कार्यक्रममा ५१ लाख, खानेपानी तथा सरसफाई सम्बन्धि कार्यक्रममा १० लाख, युवा तथा खेलकुद सम्बन्धि कार्यक्रममा १५ लाख, संस्थागत क्षमता विकासमा ८१ लाख, बिशेष कोष सम्बन्धी तथा साझेदारी कार्यक्रम अन्तर्गत बिपत ब्यवस्थापन कोषमा २५ लाख, मर्मत संहार कोषमा ३० लाख र साझेदारी कार्यक्रम संचालन गर्न समपुरक कोषमा १५ लाख विनियोजन गरिएको छ।
त्यस्तै भौतिक पूर्वाधार तथा सडक निर्माण तर्फ वडा स्तरीय पुर्वाधार योजना संचालनका लागि दश वटै वडाका लागि जम्मा २ करोड, नगर गौरव, संघ, प्रदेश साझेदारी लागतका कार्यक्रममा ११ करोड ६४ लाख ४० हजार बजेट विनियोजन गरिएको उपमेयर हिमा भण्डारीले जानकारी दिइन् ।
नगरसभामा मेयर खम्बा सिं लिम्बुले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । शिक्षा, कृर्षि र स्वास्थ्य सेवालाई बिशेष प्राथामिकता दिएर नीति तथा कार्यक्रम पारित गरेको छ । एकै दिन आईतवार सम्पन्न गरिएकोे नगरसभामा “ स्थानीय प्राकृतिक स्रोत साधनको उपभोगको शुरुवात, यसैबाट शुरु हुन्छ माई नगरको समृद्धिको आधार” भन्ने मुल नाराका साथ सम्पन्न नगरसभामा भौगोलिक विविधताले भरिपुर्ण माई नगरपालिकामा सुखानी, फिरफिरे, झन्डीडाँडा, धोद्रे गुफा, छुरेभीर, गुनमुने, तेह्रकुने। रमाईलो डाँडा, मैनाचुली, घन्टे विहिबारे झोलुङ्गे पुल, खत्रपा, हेप्पी ड्रिम्स लगायतका पर्यटकिय स्थल तथा सांस्कृतिक स्थलहरुको विकासको नीति लिईएको छ।
जनप्रतिनिधि शासक होइन सेवक हौ भन्ने मान्यतामा आधारित जनउत्तरदायी। पारदर्शिता, मेहनती र सहयोगी संयन्त्रबाटनै सम्बृद्धि हासिल गर्न सकिन्छ भन्ने मान्यतालाई नीति कार्यक्रममा मार्ग दर्शनका रुपमा ग्रहण गरिएको छ। नीति तथा कार्यक्रममा आन्तरिक राजस्व थप प्रभावकारी बनाउदै लैजानु पर्ने नीति राखिएको छ।
नीति तथा कार्यक्रम अन्तर्गत आर्थिक विकास सम्बन्धी नीति, सामाजिक विकास सम्बन्धी नीति, सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति, वन वातावरण तथा विपद व्यवस्थापन तथा पर्यटन सम्बन्धि नीति र भौतिक पूर्वाधार सम्बन्धी नीति कार्यक्रम समाबेश गरिएका छन । नीति तथा कार्यक्रम सम्बन्धी विषयमा नगरसभाका सदस्यहरु शेर बहादुर बस्नेत, रत्न बहादुर अधिकारी, विनोद साउदेन, कल्पना विश्वकर्मा लगायतले सुझाब राखेका थिए।
विनियाेजन विधेयक (नियमित) र आर्थिक विधेयक (नियमित) पारित गर्दै सन्चालन रहेको नगर सभामा न्यायिक समितिको प्रतिवेदन न्यायिक समिति संयोजक तथा उपप्रमुख हिमा भण्डारीले प्रस्तुत गरेकि थिइन् । सार्वजनिक लेखा समितीको प्रतिवेदन वडा नम्वर ६ का वडा अध्यक्ष खड्ग सुन्दर योङहाङले प्रस्तुत गरेका थिए। न्यायिक समिति ऐन २०७४ पहिलो संसोधन सर्वसम्मत पारित गरिएको सभामा नगर प्रहरी ऐन २०८० बहुमतले पारित गरिएको थियो।
यसैबीच वडाध्यक्ष बुद्धि प्रसाद खनालको संयोजकत्वमा ३ सदस्यीय बिधायन समिति सहित सर्वसम्मत चयन भएको छ। समितिको सदस्यहरु शेर बहादुर बस्नेत र दिल कुमारी राई रहेकी छन् । यता वडा सदस्य विनोद साउदेनको संयोजकत्वमा ३ सदस्यीय सुशासन समिति पनि सर्वसम्मत चयन गरिएको छ।
समितिको सदस्यहरुमा मनमाया राई र ज्ञानु कटुवाल रहेका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार