Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम गाउँपालिकाको नीति तथा कार्यक्रम पारित (तस्बिरहरु)

फाकफोकथुम गाउँपालिकाको नीति तथा कार्यक्रम पारित (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • आइतबार, असार १० २०८०


फाकफोकथुम गाउँपालिकाको नीति तथा कार्यक्रम पारित (तस्बिरहरु)
फाकफोकथुम । फाकफोकथुम गाउँपालिकाकोे आगामी आर्थिक वर्ष २०८०।८१ को लागि नीति कार्यक्रम पारित गरेको छ । आइतबार बसेको गाउँ सभाको १४ औ अधिवेशनको प्रथम बैठकले नीति कार्यक्रम संशोधन सहित पारित गरेको हो । नगरसभाको बैठकमा फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम पेश गरेका थिए ।
गाउँसभको बैठकमा बोल्ने सभा सदस्यहरूले नीति कार्यक्रमका कतिपय विषय दोहोरिएको, समुहकृत गर्न आवश्यक भएको र संक्षेपिकरण गर्न सुझाएपछि नीति कार्यक्रम संशोधन सहित पारित भएको हो । सभामा आर्थिक विकास समितिका संयोजक याम बहादूर खत्रि पौडेलले आर्थिक विकास समिति अन्तरगतका विषय क्षेत्र तथा उप क्षेत्रको नीति कार्यक्रमलाई समुहकृत र संक्षेपिकरण गरेर सभामा प्रस्तुत गरेका थिए ।
निति तथा तथा कार्यक्रमबारे सभाको बैठकमा नगरसभा सदस्यहरू कृष्णकुमार राई, गजेन्द्र लिम्बु, टेक प्रसाद मुखिया, डिक बहादूर बराइली र कमानसिंह लिम्बुले निति तथा कार्यक्रममा टिप्पणि र सुझाव दिएका थिए । यस्तै गाउँपालिका उपाध्यक्ष कल्पना राईले ५८  करोड ७७ लाख ८८ हजारको बजेट प्रस्तुत गरेकि थिइन् ।
बजेटबारे मायादेवी राई, गोमादेवी भट्टराई, टेकप्रसाद मुखिया, कृष्णकुमार राई, असार लिम्बु, गजेन्द्र लिम्बु, नरमाया विक, डम्बर बहादूर निरौला, ताराविर ग्याङ्मी मगरले बजेटबारे टिप्पणि गरेका थिए । गाउँपालिका सभा सदस्यहरुले गरेको प्रश्नको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई, प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बुले जवाफ दिएका थिए । अब अर्को गाउँसभा बैठक असार २९ गते बस्ने निर्णय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार