Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका इलामको तेर्ह्रौं नगरसभामा पेश गरिएको आ.व २०८०/८१ को आर्थिक प्रस्ताव

इलाम नगरपालिका इलामको तेर्ह्रौं नगरसभामा पेश गरिएको आ.व २०८०/८१ को आर्थिक प्रस्ताव

  • सन्देश सम्वाददाता
  • शनिबार, असार ९ २०८०


इलाम नगरपालिका इलामको तेर्ह्रौं नगरसभामा पेश गरिएको आ.व २०८०/८१ को आर्थिक प्रस्ताव

सभाध्यक्ष महोदय,
इलाम नगरपालिकाको तेर्ह्रौंनगरसभामा आ.व २०८०/८१ को आर्थिक प्रस्ताव पेश गर्न पाउँदा आफुलाई गौरवान्वित भएको ठान्दछु । यस अबसरमा सभाध्यक्ष महोदय मार्फत सम्पुर्ण नगर सभासदस्यहरुलाई नमस्कार गर्न चाहन्छु । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल निर्माणको आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धान्जली अर्पण गर्दछु।

स्थानीय तहहरु संचालन हुने वैधानीक आधार नेपालको संविधान, स्थानिय सरकार संचालन ऐन २०७४, अन्तर सरकारी वित्तिय व्यवस्थापन ऐन २०७४ मा भएका व्यवस्था, हाम्रा आफ्नै धरातलीय अवस्था मूल्य मान्यताको विश्लेषण समेतका आधारमा यो आर्थिक प्रस्ताव गरिएको छ ।
सभाध्यक्ष महोदय,
स्थानीय तहको सरकार हुनाको नाताले हामीले हाम्रो क्षेत्रका नियमित खर्चहरुलाई समेत हामी आफ्नै प्रयासबाट संकलीत स्रोत साधनले पुर्याउन सक्ने अवस्थामा तत्काल छैनौ, देखिदैन त्यसैले पनि हामीले हाम्रा नियमित खर्च देखि विकास निर्माणमा खर्चहरु समेत संघीय सरकार, प्रदेश सरकार र विकासका साझेदार संस्थाहरुको मुख ताक्नु पर्ने अवस्थामा रहेका छौ । जसलाई न्यूनिकरण गर्नुपर्ने अपरिहार्यता रहेको छ ।
आन्तरिक स्रोत संकलन गर्ने क्रममा प्रचलित कानुनले दिएको अधिकार क्षेत्रहरुबाट संकलन हुने प्रमुख क्षेत्रहरु कर, दस्तुर र सेवाशुल्क संकलनका आधारहरु विगतको भन्दा फराकिलो र वैज्ञानिक तथा प्रगतिशिल बनाउदै लैजानु पर्ने अवस्था देखिन्छ । त्यस्तै गरि नगरक्षेत्रभित्रका कर प्रदायक सबैले सहज रुपमा तिर्ने बुझाउँने अवस्था श्रृजना गर्नु पर्ने हुन्छ ।
सभाध्यक्ष महोदय,
माथि उल्लेखित अवस्था र स्थितिलाई मध्यनजर गर्दै आ.व २०८०/८१ को लागी तपसिल अनुसारका बिषयगत र क्षेत्रहरुबाट तपसिल अनुसारको रकम प्राप्त हुने अनुमान सहितको आर्थिक प्रस्ताव प्रस्तुत गरिएकोछ ।


प्रस्तुत कर्ताः
काजी बहादुर श्रेष्ठ
संयोजकः(आर्थिक विकास समिति)
मितिः२०८०/०३/०९

प्रतिक्रिया
सम्बन्धित समाचार