सूर्योदय । पर्यटकीय नगरी सुर्योदय नगरपालिका नेपाल नगरपालिका संघबाट उत्कृष्ट नगरपालिका हो । सूर्योदय नगरपालिकाका प्रमुख नरणबहादूर राईले स्थानीय तहको दोस्रो कार्याकालयको निर्वाचन हुनु अघि विराटनगरको भएको कार्यक्रममा भनेका थिए–‘अहिलेपनि संघीय सरकार र प्रदेश सरकारले ५ लाख सम्मका योजनाहरु कार्यान्वयन गरिरहेका छन् । यो संघीयताको मर्म अनुसार भएन ।’
राष्ट्रिय सभाका सदस्य डा खिमलाल देवकोटाले सहजिकरण गरेको कार्यक्रममा नगर प्रमुख रणबहादूर राईको संघीय र प्रदेश सरकारमाथि गरेको प्रश्नमा सबैले सहमति जनाए । नेकपा एकिकृत समाजवादी पार्टीका नेता रहेका राई नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्रसँगको गठनबन्धनको उमेद्धवार बन्दै २०७९ बैशाखको चुनावबाट पुनः निर्वाचित भए । राई निर्वाचित भएपछि संघीयताको जग मानिएको वडाका जनप्रतिनिधिलाई सवल, सक्षम र जिम्मेवार बनाउन तर्फ लागेका छैनन् ।
प्रथम स्थानीय तहको निर्वाचनबाट वडाको सिलिङबाटै नगरस्तरीय १२ रै महिना सडक कुदाउन मिल्ने सडक निर्माण गर्ने निति लिएका नगर प्रमुख राईले दोस्रो स्थानीय तहको निर्वाचनपछि यो नीति परिवर्तन गरेका छैनन् । संविधानको मर्म अनुसार तीनै तहका अंगलाई सवल सक्षम बनाउनुपर्नेमा नगर प्रमुख राईको ध्यान वडाध्यक्षलाई कमजोर बनाउनमा केन्द्रित छ ।
नगर प्रमुखको नेतृत्वमा रहने श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट वडाको सिलिङसँगै वडाध्यक्षको अधिकार कटौती गरि नगरस्तरीय सडक पनि वडाको सिलिङ गर्ने निर्णय गरेका छन् । यो निर्णयसँगै वडाध्यक्षहरु भुमिका विहिन जस्तै भएका छन् । प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई सदस्यसचिव रहेको श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले उक्त निर्णय भएको हो । बैठक बसेको यकिन मिति प्रमुख प्रशासकिय अधिकृतले खुलाउन नचाहेनन् । उनले बैठक बैशाख १४, १५ तिर बसेको बताए ।
बैठकले वडाको सिलिङसँगै योजना छनौटको बिधि सहितको पत्र सबै वडामा बैशाख १४ गते पठाइएको थियो । तर सो पत्रचार गर्नु अघि नै बैशाख १२ गते वडा सचिव, बिषयगत शाखा प्रमुख, उप–प्रमुख, प्राविधिकहरुलाई श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले वडाको योजना छनौट बारे वडा सचिवलाई निर्देशन दिएका थिए ।
आर्थिक वर्ष २०८०÷८१ को बार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका लागि वडागत सिलिङ र मार्गदर्शनको पत्रमा भने भने नि. प्रमुख प्रशासकिय अधिकृत हेम प्रसाद नेम्बाङको हस्ताक्षरमा छ । नेम्बाङबाट हस्ताक्षरित पत्र वडाध्यक्षलाई जनताबाट छनौट भएर आएको योजनाहरु प्राथमिकताका आधारमा कार्यान्यवन र छनौटको निर्देशन भन्दापनि छनौट भएको योजनाहरु कार्यान्वयन गर्ने आसायको छ ।
सीमा निर्धारण समिति
श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिमा नगर प्रमुख रणबहादूर राई, उप–प्रमुख दुर्गा बराल, वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र शर्मा, १० का अध्यक्ष पेमा उगेन लामा, १ का अध्यक्ष राजकुमार शेरेङ, २ का अध्यक्ष डिक बम्जन र कार्यपालिका सदस्य सोनाम छिरिङ लामा रहेका छन् । नगर प्रमुख राई, ९ का अध्यक्ष सर्मा, १० का अध्यक्ष लामा र कार्यपालिका सदस्य सोनाम लामा नेकपा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् । उप–प्रमुख बराल, १ का अध्यक्ष शेरेङ नेपाली काग्रेसबाट र बम्जम नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका हुन् ।
सीमा निर्धारण समितिको के छ निर्देशन
१ नगरपालकाको केन्द्रबाट वडाको केन्द्र सम्मको दूरी बाह्रमासे सडक निर्माण कार्यान्वयनको अवस्था ।
बजेट तर्जुमाका लागि वडा कार्यालयहरुलाई उपलब्ध गराइएको मार्गदर्शन
३ भौतिक पूर्वधार तर्फ अनिवार्य १ (एक) लाखभन्दा ठूला आयोजनाहरु मात्रै छनौट गर्नुपर्नेछ । नगरबाट साझेदारी वापत विनियोजन भएको १० (दश) लाख र वडा सिलिङबाट प्राप्त बजेटबाट १० (दश लाख गरी जम्मा २० (बीस) लाख बराबरको वडा र नगरको संयुक्त साझेदारीमा सञ्चालन गर्न आयोजना तथा कार्यक्रम छनौट गर्नुपर्नेछ ।
सो २० लाख बजेटमध्ये १० (दश लाख बराबरको भौतिक पूर्वाधारतर्फ अनिवार्य रुपमा ५ (पाँच लाख वा सोभन्दा ठूला आयोजनाहरु छनौट गर्नुपर्नेछ । साथै वाँकी १० (दश लाखको कम्तिमा १ (एक) लाख वा सोभन्दा बढी रकमको अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरूको छनौट गर्नुपर्नेछ ।
४ वडालाई उपलब्ध गराइएको आ.व. २०८०÷८१ को प्रशासनिक खर्चको विनियोजनको बाँडफाँड चालु वर्षको वोडफोड खर्चको अवस्था र आवश्यकताका आधारमा खर्च शीर्षकगत रुपमा वडाबाटै बाँडफाँड गरी पठाउनु पर्नेछ ।
योजना तथा कार्यक्रम छनौट गर्दा वडाका सबै टोल बस्ती क्षेत्र समेट्ने गरी सबै टोल बस्तीबाट विभिन्न विषय क्षेत्रगत रुपमा माग सङ्कलन भएका आयोजना तथा कार्यक्रमहरू, लक्षित वर्गलाई लाभ पुग्ने आयोजना तथा कार्यक्रम छनौट गर्दा सीपमूलक उत्पादनमूलक, स्वरोजगारमूलक, आयआर्जनमूलक एवम् क्षमता विकास सम्बन्धी आयोजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिने, टोल विकास संस्थाको आवश्यकता माग बमोजिमका विशिष्ट प्रकृतिका कार्यक्रमहरू वडालाई उपलब्ध गराइएको बजेट तथा कार्यक्रम सीमाबाट कार्यान्वयन गर्ने व्यवस्था मिलाउने, आयोजना तथा कार्यक्रमहरूको लागि बजेट विनियोजन गर्दा देहाय बमोजिमका आयोजना तथा कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिने, भौतिक पूर्वाधार तथा संरचना विकास क्षेत्र (उपक्षेत्रः सडक तथा पुल, कल्भर्ट, सञ्चार, सिंचाई, वैकल्पिक
सूर्योदयको वडाको सिलिङ
आर्थिक वर्ष २०८०÷८१ का लागि श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले वडा नम्बर १ को बजेट सिलिङ ३० लाख ७८ हजार तोकेको छ । सँगै खर्चको सिमा पनि तोकिदिएको छ । यो वडामा १२ मासे सडकका लागि बजेट छैन । तोकिएको सिलिङमा भैपरि आउने वा आपतकालिन खर्चका लागि १ लाख ५० हजार, नगरस्तरीय कार्यक्रममा साझेदारी बापत थप हुने रकम १० लाख छुट्टिएको छ ।
जसअनुसार ११ लाख ५० हजार हुन्छ । बाँकी रहेकोमा नगरस्तरीय २ वटा योजनामा १० लाख छुट्टाउनुपर्छ वडाले । र बाँकी रहेको खास सिलिङ ९ लाख २८ हजार बराबरको मात्रै योजना वडाका ५ जना जनप्रतिनिधि बसेर छनौट गरेका छन् । ९ लाख २८ हजार बजेटमध्ये महिला, दलित, जनजाति लगायत बिषयगत तर्फपनि बजेट बिनियोजन गर्नुपर्छ जसले गर्दा वडाले टोलबाट छनौट भएका कुनैपनि विकास योजनाहरु सम्बोधन गर्न असक्षम छ ।
यस्तै वडा नम्बर २ को बजेट तोकिएको सिलिङ रकम ७७ लाख ९ हजार छ । जसमा ५० लाख नगरस्तरीय १२ मासे सडक, २० लाख नगरस्तरीय कार्यक्रममा साझेदारीमा २० लाख खर्च हुन्छ । १ लाख ५० हजार भैपरिमा नगरबाटै खर्चको सिमा तोकेर पठाएको छ । बाँकी रहेको ६ लाख ५९ हजार पैसाको मात्रै वडाले योजना छनौट गर्न पाएको छ ।
यस्तै वडा नम्बर ३ मा वडाको सिलिङ ७६ लाख तोकिएको छ । तर नगरस्तरीय १२ मासे सडकमा ५० लाख, नगरस्तरीय कार्यक्रममा साझेदारीमा २० र भैपरिमा खर्चमा १ लाख ५० हजार खर्च हुन्छ । बाँकी रहेको मात्रै वडाका प्रतिनिधिबाट योजना संचालन हुन्छ ।
यस्तै वडा नम्बर ४ को ८५ लाख ३६ हजार, ७८ लाख ३६ हजार, ६ को २५ लाख ३५ हजार, ७ को ७३ लाख ९८ हजार, ८ को ८० लाख ७० हजारको सिलिङ तोकिएपनि वडाका जनप्रतिनिधिले योजना छनौटको बजेट ७ प्रतिशत मुस्किलले पुग्छ । वडा नम्बर ७ लाई वडाको पोषणमैत्री वडा घोषणाका लागि थप २ लाख रुपैयाँ भार थपिदा यो वडामा बचत रकम ४८ हजारका योजना मात्रै संचालन गर्नुपर्छ ।
यस्तै वडा नम्बर ९ मा ७९ लाख ३६ हजार, १० मा ८१ लाख २२ हजार, ११ मा ७८ लाख ८० हजार, १२ ७६ लाख ३ हजार, १३ मा ७४ लाख ३ हजार र १४ मा ७८ लाख ५२ हजार बजेट तोकिएपछि श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले योजना छनौट बजेट खर्च तोकिदिएको छ ।
वडाध्यक्ष के भन्छन्
श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले सिलिङ तोक्दा र पत्राचार गर्दा फरक भएको श्रोत निर्धारण समितिका एक सदस्यले बताए । उनी भन्छन्–‘ हाम्रो वडाको सिलिङबाट १२ मासे सडक संचालन भएकै थियो थप २ वटा सडक स्तरउन्नतीमा सडक नगरसँग साझेदारी गर्ने भनिएपछि सहमति जनायौँ तर पत्राचार गर्दा अर्कै गरिएको छ ।’ उनले भने–‘वडाकै सिलिङबाट सबै नगरस्तरीय पूर्वाधार निर्माणमा लगाउँदा टोलबाट संकलन भएका योजनाहरुमा बजेट १ पैसा पनि छुट्टयाउन सकिएन ।’
श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले गरिएको निर्णयमा सहभागि वडा नम्बर १० का अध्यक्ष पेमाउगेन लामाले त पत्राचार फरक भएपछि बजेट खुकुलो नभएको कार्यपालिका बैठकमा कुरा उठाए । उनले भने–‘ बजेटको सिलिङ त आयो तर ७० प्रतिशत बढी बजेट नगरस्तरीय योजनामा बढी तोकिएर आउँदा वडाको योजना छनौटमा अन्यौल भयो ।’ उनले भने–‘ सिलिङ तोक्ने नगरपालिका हो अनि आफुले आफैलाई कसरी साझेदारी भक्ने भन्ने प्रश्न उठेको छ ।’ अब मैले प्रवद्र्धनात्मक क्षेत्रमा वडाले लगानी गर्ने हो अब पूर्वाधारमा नगरपालिकासँगै गुहार माग्ने योजना छ ।
श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका सदस्य तथा वडा नम्बर १ का अध्यक्ष राजकुमार शेरेङले नगरपालिकाबाट भएको सिलिङको निर्धारण र योजना तोक्ने कामले वडाका जनताका आधारभुत कुरापनि सम्बोधन गर्न सकिएको छैन । ‘म प्रथम स्थानीय तहको निर्वाचन हुँदा पनि यहि वडामा निर्वाचित थिए त्यतिखेर पनि जनताका आधारभुत कुरा सम्बोधन गर्न सकिएन–उनले भने–‘अहिले त केहि गर्न सकिएला जस्तो लागेको छैन ।’ १ नम्बर वडामा १२ मासे सडकका लागि बजेट नै बिनियोजन भएको छैन ।
उनी भन्छन्–‘ तोकिएको सिलिङ मध्ये नगर साझेदारी कार्यक्रममा २० लाख जान्छ डेढ लाख भैपरिमा खर्च हुन्छ पुरानो डेढ गाविसको एक वडा ९ लाख ५० हजार कता कता कसरी मिलाउने चिन्ताको बिषय छ ।’ नगर साझेदारी कार्यक्रम नगर्दा १० लाख नगरले नै फिर्ता लाने निति भएको आफुले बुझेको उनले बताए । वडाध्यक्षहरुको मत एकता नहुँदा बजेट विनियोजनमा यस्तो अवस्था आएको उनको भनाइ छ ।
वडा नम्बर ७ का अध्यक्ष लोक बहादूर राईले बजेट नै भएपछि नगरको प्रस्ताव अनुसार योजना छनौट गरेर पठाएको बताए । वडा नम्बर ७ मा वडाको खास सिलिङ रकम ४८ हजार मात्रै छ । यस्तै वडा नम्बर ६ का अध्यक्ष सिव बस्नेतले बजेटको सिलिङको कुरा गर्दा लाज लाग्ने बताए । उनले भने–‘ के कुरा गर्नु बजेट छैन मिलाएर योजना कार्यान्वय गर्ने हो ।’
वडा नम्बर ५ का अध्यक्ष उर्गेन बम्जनले भने ५ लाखको योजना पेश गरेको बताए । वडाको सिलिङ ठुलो देखिएपनि हामीले योजना छनौट गर्न पाउने ५ लाख रैछ त्यहि परिधिमा हामीले योजना बुझायौँ ।