Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

नेपाली काग्रेसको सूर्योदय नगरपालिका सम्मेलन (तस्बिरहरु)

नेपाली काग्रेसको सूर्योदय नगरपालिका सम्मेलन (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार १ २०८०


नेपाली काग्रेसको सूर्योदय नगरपालिका सम्मेलन (तस्बिरहरु)

सूर्योदय । नेपाली कांग्रेस सूर्योदय नगरकार्य समितिको प्रथम नगर सम्मेलनको समापन भएको छ । नेपाली काग्रेसका केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालको प्रमुख आथित्यतामा सूर्योदय नगर सम्मेलनको समापन भएको हो । नेपाली काग्रेसका नगर सभापति जिवन नेपालको अध्यक्षतामा भएको सम्मेलनमा राजनीतिक, आर्थिक, सांगठनीक र पार्टीको भावि कार्यायोजनाका बारेमा छलफल भएको छ ।


नेपाली काग्रेस नगर उप–सभापति रमेश प्रधानले संचालन गरेको कार्यक्रममा उप–सभापति निर्मला कट्टेल अग्रवालले स्वागत मन्तव्य राखेकी थिइन् । सम्मेलनमा केन्द्रिय सदस्य सुजता परियार, संविधान सभा सदस्य टिकाराम लेप्चा, पूर्वसभापति हिमालय कर्माचार्य, भेषराज आचार्य, जिल्ला सभापति डम्बर खड्काले नेपाली काग्रेसको आगामि कार्यभारका बारेमा प्रष्ट पारेका थिए ।


सम्मेलनमा प्रदेश सासंद गोविन्द गिरि, खगेश्वरी पौडेल अधिकारी र शमसेर राईलाई सम्मान गरिएको थियो । यसैगरि नेपाली काग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित ६ जना स्थानीय तहका प्रमुख उप–प्रमुखलाई सम्मान गरिएको थियो । सम्मेलनमा नगर सभापति जीवन नेपालले पेश गरेको राजनीतिक सांगठनीक, प्रतिवेदन र कोषाध्यक्ष गितादेवी ओस्तिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझाव सहित पारित भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार