माईमझुवा । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र रहेको सन्दकपुरमा पर्यटन प्रवद्र्धनका लागि होमस्टे तालिमको समापन भएको छ । सन्दकपुर गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको लगानीमा पर्यटकीयस्थलमा पूर्वाधार निर्माण र प्रचारप्रचारसँगै पर्यटकहरुको आवागमन बढेपछि होमस्टे संचालनका लागि तालिम समापन भएको हो ।

सिप सिकौँ, उद्यम गरौँ, आत्मनिर्भर बनौँ भन्ने नाराका साथ गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत नयाँ उद्यम सिर्जना गर्ने लक्ष्यका साथ होमस्टे तालिम गरिएको हो । ९ दिन सम्म संचालन भएको होमस्टे संचालन तथा व्यवस्थापन सम्बन्धी सीप विकास तालिम आयोजना गरिएको हो ।
सन्दकपूर गाउँपालिका इलाम र रौताहा टेक्निकल कलेज प्रा लिको आयोजना भएको तालिममा इलामको सन्दकपूर २ र पाँचथरको फालेलुङ गाउँपालिका ६ का बासिन्दको सहभागिता रहेको थियो । तालिममा होमस्टे महासंघ कोशी प्रदेशकी उपाध्यक्ष लिला भट्टराईले तालिम प्रदान गरेकी थिइन् ।
सन्दकपूर गाउँपालिका २ का वडाअध्यक्ष सनम राईको अध्यक्षता, गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आथित्यतामा भएको सहभागिलाई प्रमामपत्र हस्तान्तरण गरिएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले पालिकाको मूख्य आम्दानी पर्यटन र कृषि क्षेत्र भएकाले सबै जनता एक भएर पर्यटन प्रर्वद्धन र व्यवसायमा लाग्नुपर्ने बताए ।
३८ जना सहभागि तालिममा सहभागिका तर्फबाट पदम गुरुङ्ग, रुपेश गुरुङ्ग, मनिसा राई, संचिता राईले मन्तव्य राखेका थिए । उनीहरुले तालिममा सिकेको सिप व्यवसाय दर्ता गरि प्रयोग गर्ने प्रतिवद्धता गरेका थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले गाउँपालिका आगामि आर्थिक वर्षमा पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा समाजसेवी घनश्याम गुरुङ्गले होमस्टे व्यवसाय संचालन गर्दा आर्थिक आर्जन सँगै देशको विकासमा पनि सहयोग पुग्ने बनाए । तालिममा समापनमा बोल्दै पर्यटन प्रवद्र्धनमा सक्रिय पत्रकार सुजन तिमसिनाले होमस्टेमा स्थानीय परिकारले प्राथमिका पाउनुपर्ने बताए । होमस्टेमा स्थानीय परिकारले प्राथमिकता पाउँदा सन्दकपुरबाट आयत प्रतिस्थापनको थालनी समेत हुने उनले बताए । विश्वमा प्रकृति संरक्षण गरौँ र प्रकृतिमा रमौँ भन्ने नारा चलिरहेको र विश्वका पर्यटकहरुको आकर्षण सन्दकपुरमा रहेकाले यसबाट फाइदा लिन गाउँपालिकासँगै सन्दकपुरबासी लाग्नुपर्ने उनले बताए ।
तालिम समापन कार्यक्रमका अध्यक्ष तथा सन्दकपुर २ का वडाअध्यक्ष सनम राईले सन्दकपुर गाउँपालिका पर्यटनका हिसावले उत्कृष्ट गन्तव्य भएकाले जनताको जिवनस्तर उकास्न पर्यटन क्षेत्रमा लगानी वृद्धि गरेको बताए । अब हाम्रो लगानी प्रर्यटन प्रवद्र्धन र पर्यटन व्यवसाय विकासमा हुन्छ उनले भने– ‘भारत र नेपालका धेरै पर्यटक नेपालको बाटो हुँदै सन्दकपूर गाउँपालिका भ्रमणमा आउने पर्यटकको संख्या बढ्दो अब हामी उनीहरुलाई सेवा गर्न सक्षम हुन तालिम व्यवहारिक रुपमा प्रयोग भोलीबाटै हुनुपर्छ । उनले तालिम लिएर व्यवसाय गर्ने व्यक्तिलाई वडा र गाउँपालिकाले पनि सहयोग गर्ने बताए ।
कार्यक्रममा सन्दकपुर ३ का वडाध्यक्ष लिल बहादुर बुर्जा, राजश्व परामर्श समितिका सदस्य

सुमन सुवेदी, सन्दकपुर गाउँपालिका कार्यपालिका सदस्य गोमा विश्वकर्मा, वडासदस्यहरु वमबहादूर गुरुङ्ग, कृष्णुमारी गुरुङ्ग, राजश्व शाखाका प्रमुख भुपेन्द्र कट्टेल, रौताहा टेक्निकल कलेज इटहरी सुनसरीका भगिराज गुरुङ्गले मन्तव्य राखेका थिए ।