Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

पराम्परागत पेशालाई व्यवसायीक बनाउँदै फाकफोकथुमका डम्बर बराइली

पराम्परागत पेशालाई व्यवसायीक बनाउँदै फाकफोकथुमका डम्बर बराइली

  • लिला लिम्बु
  • शुक्रबार, जेष्ठ २६ २०८०


पराम्परागत पेशालाई व्यवसायीक बनाउँदै फाकफोकथुमका डम्बर बराइली

फाकफोकथुम । बाबु बाजेको पेशालाई अंगाल्दै फाकफोकथुम चार साबिक फुएतप्पा दुइ बस्ने डम्बर बहादुर बराइली राम्रो आम्दानी लिन थालेका छन् । बिहान दिउँसो भ्याई नभ्याई आरान बस्ने उनले आफ्नो बालीघरे हरूको काम गर्न व्यस्त हुने गरेका छन् ।


उनी दिनभर आफ्नो ग्राहकहरू र बालीघरे हरूको दैनिक रूपमा प्रयोग गरिने सरसमान हसिँया ,खुकुरी ,कुदालो, बञ्चरो इत्यादी लिएर आउनेहरूको आरान बस्न भ्याइ नभ्याई काम गरिरहेका हुन्छन् । आफ्नो बाउ बाजेको पेशालाई अंगाल्दै आफ्नो ग्राहकहरूको दैनिक रूपमा प्रयोग गरिने सरसमान हसिँया खुकुरी कुदालो बञ्चरो अन्य इत्यादी आरान बसेर अर्जाप्पेको प्रति गोटा सत्तरी देखि सय रूपैयाँ सम्म लिने गरेका छन् ।

उनले दिनमा सरदर १५ सयसम्म कमाउने गरेको बताउँछन्। त्यसैगरि आफ्नो बालीघरे हरूको दैनिक रूपमा प्रयोग गरिने सरसमान हसिँया खुकुरी कुदालो बञ्चरो इत्यादी आरान बसेर हतियार अर्जाप्पेको बापत बर्षभरी बिस मुरी धान उठाउने गरेको उनले बताए ।
आफ्नो बाउ बाजेको पेशालाई अंगाल्दै यहि पेशाबाटै आफ्नो पाँच जनाको घरपरिवारलाई खान लाउन राम्रै पुगेको र पेशाबाट प्रशस्त आम्दानी भएपनि लोप हुँदै गरेको पेशालाई प्रोत्साहन तथा जगेर्ना गर्न आजसम्म राज्यले कुनै सहयोग नगरेको गुनासो गर्ने उनको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार