इलाम । बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि कर्णाली र बागमतीले जितेका छन् । आज सम्पन्न प्रतियोगितामा पुरुष तर्फ विभागीय टोली नेपाल आर्मीलाई १९–१४ अन्तरले हराउँदै कर्णालीले उपाधि जितेको हो । महिला तर्फ आर्मीलाई २१–५ हराउँदै बागमतीले समेत उपाधि जितेको छ ।
प्रतियोगिता अन्र्तगत आज सेमीफाइनल र फाइनल खेल भएका थिए । पुरुष तर्फको सेमीफाइनलमा एपिएफलाई २०–५ ले हराउँदै आर्मी फाइनल पुग्दा कर्णालीले २२–५ ले कोशी प्रदेशलाई हराएको थियो । महिला तर्फ आर्मीले एपिएफलाई ३६–० ले हराउँदा बागमतीले कर्णालीलाई ४७–० ले हराएको थियो । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा नेपालमा रहेका सातवटा प्रदेश मध्ये कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेशको सहभागिता र ३ वटा विभागिय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र नेपाल एपीएफ क्लबले सहभागी थिए ।
पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लब सहभागी भएनन् । प्रतियोगिताबाट नेपाल रग्वी संघले कतारमा संचालन हुन गईरहेको एसिया रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एसियन गेम्स का लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनौट गर्नेछ ।