फिक्कल । इलामको सूर्योदय नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ७६ जनाले सेवा लिएका छन् । स्त्री रोग, पोष्ट्रेट, पिएपी सिमर, डेन्टल, आँखा र फिजिसियन गरी ५ प्रकारको रोगहरूको निशुल्क शिविर बडा नम्बर–४ र ५ मा संचालन गरेको थियो ।
जसमा वडा नम्बर– ४ मा ३८३ जना र बडा नम्बर–५ मा १९३ जनाले जाच गराएका थिए । रोग लागिसकेर भन्दा पनि रोग लाग्न नदिनको निम्ति यो शिविर आयोजना गरिएको नगर प्रमुख रणबहादुर राईले बताए ।

५० बर्ष माथिका पुरूषहरूलाई बढी पोष्ट्रेट हुने सम्भावना बढी हुने र क्यान्सरको रूपमा पनि विकसित हुन सक्ने भएको हुनाले यस बाट पूर्व जानकारी लिनको निम्ति पनि यस आर्थिक बर्ष २०७९/८० देखि सेवा थप गरिएको राईले बताए । शिबिरमा डा. विमल, डा. ममता , डा.सागर, डा. धनराज लगायतले जाँच गरेका थिए । शिविर २ दिनसम्म चलेको थियो ।