Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माइमझुवामा होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सिप विकास तालिम

माइमझुवामा होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सिप विकास तालिम

  • किरण राई
  • शनिबार, जेष्ठ २० २०८०


माइमझुवामा होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सिप विकास तालिम

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–२ माइमझुवामा गरिबी निवारणको लागि लघुउद्यम कार्यक्रम अन्र्तगत ९ दिवसीय होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सिप विकास तालिम सुरु भएको छ । सिप सिकौ, उद्यम गरौ, आत्मनिर्भर बनौ भन्ने नारा साथ सुरु भएको तालिम सन्दकपुर गाउँपालिकाको आर्थिक सहयोग र रौटाहा टेक्निकल कलेजको आयोजनामा वडा कार्यालयको भवनमा सुरु भएको हो ।

आगामी जेठ २८ गतेसम्म चल्ने तालिममा वडाका ४० जना उद्यमीहरुको सहभागिता रहेको छ । वडाध्यक्ष सनम राईको अध्यक्षतामा भएको तालिम उद्धघाटन समारोहमा गाउँपालिका उपाध्यक्ष हरिकुमार लुङ्गेलीको प्रमुख आतिथ्यता रहेको थियो । तालिममा कार्यपालिका सदस्य गोमा विक, निर्वतमान वडाध्यक्ष गिरिराज खनाल, वडा सदस्यहरु बम बहादुर गुरुङ, कृष्णकुमारी गुरुङको विशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार