माबु । इलामको सन्दकपुर गाउँपालिका ४ मा गुरुङ्ग सस्कृति पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । गुरुङ्ग समुदायको बाक्लो बस्ति रहेको माबुमा पर्यटकहरुले गुरुङ सस्कृतिको अवलोकन गर्न पाउँछन् ।

पूर्वी नेपालमा लोप हुने अवस्थामा पुगेको गुरुङ्ग सस्कृति संरक्षणको काम समुदाय र सन्दकपुर गाउँपालिकाले प्रशिक्षणको काम भएको थियो । भाषा र संस्कृति संरक्षणको काम शुरु भएपछि अहिले माबुमा गुरुङ्ग सस्कृति हरेक पर्यटकले हेर्न पाउने वडा अध्यक्ष ढाल बहादूर गुरुङ्गले बताए ।
