इलाम । बागमती रग्वी सेभेन्स महिला तथा पुरुष रग्बीको लागि कोशी प्रदेशले प्रारम्भिक छनौटमा परेका खेलाडीहरुको नामावाली सार्वजनिक गरेको छ । आगामी जेठ २१ र २२ गते काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगिताको लागि विक्रम पुरीको कप्तानीमा उत्रिने पुरुष टोलीको प्रारम्भिक सुची सार्वजनिक गरिएको हो ।
कोशी टिमको उपकप्तान नबिन दलार्मी रहेका छन् । टिमको सदस्यहरुमा विराट श्रेष्ठ, नविन माझी, सन्दिप राई, मनिष हिङमाङ, प्रशान्त कामती, सुमित प्रधान रहेका छन् । त्यस्तै गरी मनित राई, विकाश राजवंशी, मिराज विक, सुमन कटुवाल, सुमित राउत, अग्रिम प्रधान र मनोज मगरले समेत प्रारम्भिक सुचीमा स्थान बनाएका छन् ।
विराट राष्ट्रिय टोलीका उपकप्तान र विक्रम टोलीका सदस्य हुन् । त्यस्तै गरी मनिषले गत मंसिरमा सम्पन्न एसिया यु–१८ रग्वी सेभेन्समा नेपाली टोलीको उपकप्तानको रुपमा भुमिका निभाएका थिए ।
इलामबाट मनिष संगै सुमित प्रधान र मनित राईले प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।
प्रारम्भिक सुचीबाट ३ जना खेलाडीहरु बाहिरिने नेपाल रग्वी संघ कोशी प्रदेशका अध्यक्ष बिनोद कटुवालले जानकारी दिए ।
