Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

वडाध्यक्ष कप फुटबलको उपाधि माई–६ र ७ लाई

वडाध्यक्ष कप फुटबलको उपाधि माई–६ र ७ लाई

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ ७ २०८०


वडाध्यक्ष कप फुटबलको उपाधि माई–६ र ७ लाई

माई । इलामको माई नगरपालिकामा सन्चालित वडाध्यक्ष कप महिला तथा पुरुष फुटबल प्रतियोगिताको उपाधि माई–६ र ७ ले हात पारेको छ । पुरुष तर्फ वडा नं ६ ले वडा नं १ लाई हराउँदै उपाधि जितेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा ८–७ गोल अन्तरले जित निकाल्दै वडा नं ६ ले उपाधि जितेको हो ।

महिला तर्फ वडा नं ६ लाई १–० गोल अन्तरले हराउँदै वडा नं ७ ले उपाधि जितेको हो । बिजेता महिला पुरुष दुवै टिमले नगद २५ हजार सहित मेडल,ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन । उपबिजेता टिमले नगद १५ हजार सहित मेडल,ट्रफी र प्रमाण पत्र प्राप्त गरेको वडाध्यक्ष बुद्धि खनालले जानकारी दिए ।

विजयी तथा उपविजेता टिमलाई प्रमुख अतिथि रत्न बहादुर थापा, बिशिष्ट अतिथि माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सिता लावती लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

गत जेठ –१ गतेवाट शुरु भएको प्रतियोगितामा माई नगरपालिका भित्रका १० वटै वडाका महिला र पुरुष टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार