फिक्कल । डिएससी रुङसुङ खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सूर्योदय एफसीले जितेको छ । प्रतिकुल मौसमका विच सम्पन्न फाइनल खेलमा मंगलबारे युनाइटेडलाई १–० ले हराउँदै सूर्योदयले उपाधि जितेको क्लबका खेम राईले जानकारी दिए ।
च्याम्पियन बनेसंगै सूर्योदयले नगद १ लाख २० हजार प्राप्त गरेको छ । उपविजेता बनेको मंगलबारले ८० हजार प्राप्त गरेको छ ।