Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

१० वर्षपछि शैक्षिक सत्रको शुरुमै विद्यार्थीको हातमा किताब (फोटो फिचर)

१० वर्षपछि शैक्षिक सत्रको शुरुमै विद्यार्थीको हातमा किताब (फोटो फिचर)

  • लिला लिम्बु
  • बुधबार, जेष्ठ ३ २०८०


१० वर्षपछि शैक्षिक सत्रको शुरुमै विद्यार्थीको हातमा किताब (फोटो फिचर)
फाकफोकथुम । शैक्षिक सत्र शुरु भएको डेढ महिनादेखि २ महिनापछि मात्रै किताब पाउने विद्यार्थीले यसपालि समयमै पाएका छन् । १० वर्षदेखि समयमा किताब नपाउने समस्या भोग्दै आएका सामुदायीक विद्यालयका विद्यार्थीहरु यस शैक्षिक सत्रमा भने खुशि छन् ।
कर्णालीको उपमा पाएको इलामको फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माध्यमिक विद्यालयका सबै विद्यार्थीको हातमा नयाँ पुस्तक छ । विद्यार्थीले कक्षामा भर्ना भएको दिननै पुस्तक पाएका थिए ।
सरकारले समयमै पाठ्यपुस्तक छपाई गरि वितरण गरेपछि यस वर्ष शैक्षिक शत्र शुरु नहुँदै विद्यालयमा पुस्तक पुगेको थियो । समयमै पाठ्यपुस्तक पुगेपछि विद्यार्थी मात्रै नभएर शिक्षकलाईपनि अध्यापन गराउन सहज भएको छ ।
फाकफोकथुमकै फलाँटे माध्यमिक विद्यालयका विद्यार्थीहरु पनि नयाँ पुस्तकबाटै अध्ययन गरिरहेका थिए । फलाँटे माध्यमिक विद्यालयमा गत शैक्षिक शत्रमा जेठको दोस्रो साता मात्रै पुस्तक पुगेको थियो । त्यो पनि पुरा थिए । यस शैक्षिक सत्रको शुरुवात देखिनै नयाँ पुस्तक विद्यालयमा पुगेपछि अध्ययन र अध्यापनमा सजिलो भएको शिक्षकहरुको भनाइ छ ।
सिंहदेवी र फलाटे माध्यमिक विद्यालयमा मात्रै हैन अहिले इलामका सबै सामुदायीक विद्यालयमा अध्ययरत विद्यार्थीको हातमा नयाँ किताब पुगिसकेको छ । सरकारी विद्यालयमा पाठ्यपुस्तक समयमा पु¥याउन नसक्दा हरेक वर्ष आलोचना खेप्दै आएको सरकारले अहिले समयमा पुस्तक विद्यार्थीको हातमा पु¥याएको हो ।
विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेपछि अभिभावक पनि खुशि भएका छन् । पछिल्ला १० वर्षसम्म छपाई, ढुवानी र विद्यार्थी संख्या यकिन नभएको भन्दै विद्यार्थीको हातमा शैक्षिक सत्रको शुरुमा पाठ्यपुस्तक पुग्न सकेको थिएन ।
जसका कारण विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार हुन सकेको थिए । तर यस शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुगेकाले विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार हुने सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार