सूर्योदय । छिमेकी इलाम नगरपालिकाका जनप्रतिनिधिको एनिपक महिनाको सेवा सुविधा कटाएर गाईमा देखिएको पक्स समूहको काप्रीपक्स भाइरसबाट हुने लम्पी स्किन रोगका विरुद्ध खोप अभियान सुरु गरेपनि सूर्योदय नगरपालिकामा भने खोप लगाइएको छैन ।
दुग्ध उत्पादनका लागि कोसी प्रदेशकै अगुवा र इलाम जिल्लाको पनि सबैभन्दा धेरै दूध उत्पादन हुने सूर्योदय नगरपालिकामा लम्पी रोगका कारण गाईको मृत्यु बढेपनि खोप लगाउने बारेमा जनप्रतिनिधिहरुले चासो दिएका छैनन् । जसका कारण किसानका गाईहरु मर्ने क्रम बढेको छ ।
इलाम नगरपालिकामा अहिलेसम्ममा १ सय ६१ वटा गाई मरेको नगरपालिकाका पशु शाखा प्रमुख बिपिन सिंहले बताए । यो रोग भैंसीमा भन्दा गाईमा बढी देखिएको छ । गर्मी मौसममा टोक्ने झिंगा, डाँख, लामखट्टे, किर्नाजस्ता किराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुने सिनज इलामको सूर्योदय नगरपालिकामा यो रोगको प्रकोप बढी देखिएको छ । सूर्योदय नगरपालिकामा अहिलेसम्म ६ हजार बढी गाईहरुमा यो रोग देखिएको छ । सूर्योदय नगरपालिकामा गाई जोन कार्यक्रम पनि संचालनमा रहेको छ । रोगको प्रकोपबारे कोशी प्रदेश सरकारले बैशाख पहिलो साता नै पत्रचार गरि औषधि समेत पठाएको थियो ।
रोगको संक्रमण अत्याधिक बढेपछि र ५० प्रतिशत बढी गाईहरुमा रोग लागेकाले खोप लगाउन उपयुक्त नभएको पशु शाखा प्रमुख बिपिन सिंहले जानकारी दिए । ५० प्रतिशत बढी गाईहरुमा रोग लागिसकेको नगरपालिकाको छलफलको निष्कर्ष भएकाले खोप लगाउन उपयुक्त नहुने कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयको पशुपक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख पशुपति ढुङ्गानाले बताए ।