Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नौ महिनामा ६ अर्ब बढीको अलैंची निर्यात

नौ महिनामा ६ अर्ब बढीको अलैंची निर्यात

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख ३१ २०८०


नौ महिनामा ६ अर्ब बढीको अलैंची निर्यात

इलाम । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालबाट ६ अर्ब बढीको अलैंची निर्यात भएको छ । चालू आर्थिक वर्षको साउनदेखि चैत समान्तसम्मको अवधिमा ६ अर्ब ३५ करोड ७५ लाख १७ हजार रुपैयाँको अलैंची निर्यात भएको हो ।

चालू आर्थिक वर्षमा निर्यात भएको अलैंची गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ६५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको चैत समान्तसम्म नेपालबाट ३ अर्ब ८६ करोड २५ लाख ७१ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ७८ लाख ७१ हजार २९ किलो अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो अवधिमा नेपालबाट भारत, पाकिस्तान, इटाली र जर्मनीमा अलैंची निर्यात भएको छ ।

गत आर्थिक वर्षमा भने नेपालबाट भारत र पाकिस्तानमा मात्रै अलैंची निर्यात भएको थियो । भारत र पाकिस्तानमा नेपालबाट गत वर्षको ९ महिनाको अवधिमा ४२ लाख ६८ हजार ८५३ किलो अलैंची निर्यात भएको विभागको तथ्यांक छ ।

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा गत आर्थिक वर्षभरिमा निर्यात भएको भन्दा धेरै अलैंची निर्यात भएको छ । गत आर्थिक वर्षमा नेपालबाट ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको मात्रै अलैंची निर्यात भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार