Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईमा सार्वजनिक सुनुवाई सम्पन्न

माईमा सार्वजनिक सुनुवाई सम्पन्न

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख २२ २०८०


माईमा सार्वजनिक सुनुवाई सम्पन्न

माई । इलामको माई नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको दोस्रो चौमासिक अन्तरगत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।
आर्थिक बर्ष ०७९/०८० मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम बिधिवत रुपमा दोस्रो पटक आयोजना गरिएको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा गरेका योजना तथा प्रदान गरिएको कार्यक्रममा आन्तरिक राजस्व वृद्धिको लागि नगरपालिका लाग्नु पर्ने, नगर भित्र लागु पदार्थ र शान्ति सुरक्षाको प्रत्याभूति दिनु पर्ने, माध्यामिक शिक्षा सबै प्रकारले निशुल्क गर्नु पर्ने, अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउनु पर्ने, फोहरलाई खोलामा हाल्ने परिपाटीको अन्त्य गरिनु पर्ने सुझाव रहेकाे छ ।
त्यसैगरी कृषि औजार सहज र सरल तवरले प्राप्त गर्ने व्यवस्था नगरले मिलाईदिनु पर्ने, सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी पालिकाले राम्रो कामलाई पुरस्कृत र गलत कामलाई दण्ड दिने परिपाटीको विकास गर्नुपर्ने लगायतका विषयमा सुझाव दिएका थिए।
नगरपालिका बिबिध विषयमा सहभागी विनोद नेम्बाङ, सुमन नेम्वाङ, आनन्द लिम्बु, वुनुमाया खड्का , खड्ग प्रसाद दुलाल, राजेन्द्र निरौला, सेतु तामाङ, खड्ग प्रसाद भट्टराई लगायतले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न राखेका थिए।
प्राप्त प्रश्न र सुझाबलाई मेयर खम्बा सिं लिम्बु, उपमेयर हिमा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, लेखा अधिकृत क्षेत्रनाथ शर्मा, योजना अधिकृत हिमाल मिश्र, शिक्षा शाखा प्रमुख सिता लावती, स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल, इन्जिनियर असिम भण्डारी, सुरक्षा सम्बन्धी विषयमा लोदिया प्रहरी चौकी इन्चार्ज संजय न्यौपाने लगायतले जानकारी तथा प्रतिबद्धता सहित जवाफ दिए
कार्यक्रममा माईवासी सेवाग्राही सहित वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, शाखा प्रमुखहरु, कर्मचारी, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
बिषयगत शाखाको चौमासिक अबस्था, नागरिक अभिमत, बहिर्गमित अभिमतको प्रतिवेदन समेत प्रस्तुत गरिएको सार्वजनिक सुनुवाई माई नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको सन्चालन दानाबारी सामुदायिक सिकाई केन्द्रका परिचालक सिता भट्टराई र सहजिकरण पत्रकार विमल दहालले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार