Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

यु-२० राष्ट्रिय रग्बी इलामको माई नगरपालिकामा हुने

यु-२० राष्ट्रिय रग्बी इलामको माई नगरपालिकामा हुने

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख १७ २०८०


यु-२० राष्ट्रिय रग्बी इलामको माई नगरपालिकामा हुने

इलाम । यु—२० राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा आयोजना हुने भएको छ । आगामी जेठ २० देखि २१ गतेसम्म प्रतियोगिता माई नगरपालिका—४ शुक्रबारे बजार स्थित मैदानमा संचालन हुनेछ ।

प्रतियोगितामा महिला र पुरुषको ११÷११ टिमको सहभागीता रहनेछ । कोशी प्रदेश रग्बी संघका अध्यक्ष बिनोद कट्वाल दिवसका अनुसार ७ प्रदेश टिम र ४ क्लब प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतियोगिता संचालनका लागि प्रदेश अध्यक्ष कट्वाल, जिल्ला अध्यक्ष बिजु राई, रग्बी संघ माई नगरपालिका अध्यक्ष रन्जित काफ्ले, नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कोवित दाहालले मैदानको अनुगमन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार