Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको पर्यटकीय क्षेत्र अन्तुमा टि टेस्टिङ, डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रुपैयाँमा चिया बिक्री

इलामको पर्यटकीय क्षेत्र अन्तुमा टि टेस्टिङ, डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रुपैयाँमा चिया बिक्री

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख १६ २०८०


इलामको पर्यटकीय क्षेत्र अन्तुमा टि टेस्टिङ, डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रुपैयाँमा चिया बिक्री

अन्तु । इलामको पर्यटकीय क्षेत्र अन्तुमा अर्थोडक्स चियाको टेस्टिङकोे काम सम्पन्न भएको छ । २७ औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा टि टेस्टिङको काम भएको हो । टि टेस्टिङमा भारत, जापान, चिन र अमेरिका देशका चिया व्यवसायीका उपस्थिति रहेको थियो । चिया टेस्टिङको अवसरमा व्यवसायीले चिया खरिद समेत गरेका थिए ।

नेपालमा पहिलो पटक लिलामीमार्फत चिया बिक्री भएको छ । शनिबार इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रुपैयाँमा चिया बिक्री भएको छ । एकजना अमेरिकीले प्रतिकेजी १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेका हुन् ।

अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा ५ केजी अर्थोडक्स चिया ५० हजार रुपैयाँमा खरिद गरेकी हुन् । सूर्योदय चिया उत्पादक संघले उत्पादन गरेको चिया किसानले प्रतिकेजी एक हजार मूल्य तोकेका थिए । उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले मोल बढाबढ गर्दै प्रतिकेजी १० हजारसम्म पुर्‍याएका थिए । इलामको श्रीअन्तुमा शनिबार आयोजित टी टेस्टिङमा नेपाली अर्थोडक्स चियाको स्वाद लिँदै जापानबाट आएका खरिदकर्ता । तस्बिर स् अर्जुन राजवंशीरकान्तिपुर

त्यस्तै ‘अर्थोडक्स ग्रीन टी’ प्रतिकेजी ६ हजार र ‘अर्थोडक्स ग्रीनिस ब्ल्याक टी’ प्रतिकेजी ४ हजारका दरले चिनियाँ खरिदकर्ताले किनेका छन् । उनीहरूले पनि लिलाम बढाबढ गर्दै चिया किनेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी दिए । विश्व बजारमा चिया अक्सनमार्फत खरिद बिक्री हुने गरेको छ । तर नेपालमा भने लिलाम बजार छैन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार