Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माईलाई हराउँदै फाकफोकथुम सेमीफाइनल प्रवेश

माईलाई हराउँदै फाकफोकथुम सेमीफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख १५ २०८०


माईलाई हराउँदै फाकफोकथुम सेमीफाइनल प्रवेश

नयाँबजार । माईजोगमाई गाउँपालिका अध्यक्ष कपमा फाकफोकथुम गाउँपालिका सेमीफाइनल प्रवेश गरेको छ । तेश्रो क्वाटरफाइनल खेलमा माई नगरपालिकालाई टाइब्रेकरमा हराउँदै फाकफोकथुमले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवै टोलीबाट १—१ गोल भएपछि निर्णयको लागि टाइब्रेकर रोजिएको थियो । खेलको सुरुवाती अग्रता माईले लिएको थियो । कप्तान विशाल खवासले ३१ औ मिनेटमा गोल गरेका थिए । दोश्रो हाफमा सन्दीप लिम्बुले खेल बराबरीमा ल्याए ।

टाइब्रेकरमा २—१ गोल अन्तरको जित निकाल्दै फाकफोकथुम सेमीफाइनल पुगेको हो । फाइनल प्रवेशका लागि फाकफोकथुमले बैशाख १६ गते माईजोगमाईको सामना गर्नेछ । माईजोगमाईले सन्दकपुर गाउँपालिकालाई हराएर सेमीफाइनल पुगेको हो ।

अन्तिम क्वाटरफाइनल खेलमा देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिका भिड्नेछन् । देउमाईले प्रि—क्वाटरफाइनल खेलमा रोङ गाउँपालिकालाई हराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार