Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

गाईघाटलाई हराउँदै नमोवुद्ध फाइनल प्रवेश

गाईघाटलाई हराउँदै नमोवुद्ध फाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख १५ २०८०


गाईघाटलाई हराउँदै नमोवुद्ध फाइनल प्रवेश

इलाम । नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्बल उदयपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सप्तरी फाइनलमा प्रवेश गरेको हो ।

सप्तरीलाई फाइनल प्रवेश गराउन खेलको १५ औं मिनेटमा नेपाली यु—१६ राष्ट्रिय टिमकी सदस्य समेत रहेकी निकिता थोकरले पहिलो गोल गरिन् । त्यसपछि खेलको ५६ औं मिनेटमा राष्ट्रिय टिमकी सदस्य रस्मीकुमारी घिसिङले गोल गर्दै टिमलाई २–० गोल अन्तरको जित दिलाइन् ।

घिसिङ ‘प्लेयर्स अफ दी म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् । उनलाई राष्ट्रिय फुटबल टोलीका साहायक प्रशिक्षक प्रवेश कटुवालले पुरस्कार प्रदान गरे । नमोबुद्ध सप्तरीले अब उपाधिकालागि ‘अल इन वान’ क्लब बिर्तामोडसंग प्रतिस्पर्धा गर्ने छ ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको थियो । बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।

प्रतियोगिताको फाइनल खेल १६ गते शनिबार हुने छ । फाइनल खेलको पूर्वसन्ध्यामा भोलि शुक्रबार महिला दौड प्रतियोगिता आयोजना गरिएको आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जनले जानकारी दिए

प्रतिक्रिया
सम्बन्धित समाचार