Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बुद्धिचालको उपाधि योङहाङलाई

बुद्धिचालको उपाधि योङहाङलाई

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख १४ २०८०


बुद्धिचालको उपाधि योङहाङलाई

माङसेबुङ : इलामको माङसेबुङमा आयोजित वडास्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि माङसेबुङ १ का बलिन्द्र योङहाङले जितेका छन् ।माङसेबुङ गाँउपालिका युवा तथा खेलकुद समितिले आयोजना गरेको प्रतियोगितामा ५ राउण्डको खेलमा ५ अङ्क प्राप्त गरि उपाधी जितेका हुन् ।जितसगै योङहाङले नगद १० हजारसहित ट्रफी पाएका छन् ।

प्रतियोगितामा ४ अङ्क प्राप्त गरी दोश्रो स्थान हासिल गरेका जीवन राईले नगद पाँच हजारसहित ट्रफी र ४ अङ्क नै प्राप्त गरी तेस्रो स्थान हासिल गरेका सुमन राई नगद तीन हजार र ट्रफी प्राप्त गरे ।

२ अङ्क मात्र प्राप्त गरेकी महिलातर्फ एकमात्र सहभागी मङ्गला श्रेष्ठलाई आयोजकले प्रोत्सान स्वरूप नगद दुई हजार र ट्रफी प्रदान गर्यो ।सोमबारदेखि सञ्चालित प्रतियोगितामा प्रत्येक वडाबाट ५/५ जना र आयोजकबाट २ जना गरी ३२ जना सहभागी थिए ।

प्रतियोगिताको मुख्य आर्बीटर ९निर्णायक० को भुमीकामा भने राष्ट्रीय रेफ्री दिपेन राई थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार