Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय फोटो पत्रकारीताका दिवसको अवसरमा इलामको सन्दकपुरको फोटो बुक मुख्यमन्त्रीलाई हस्तान्तरण (तस्बिरहरु)

राष्ट्रिय फोटो पत्रकारीताका दिवसको अवसरमा इलामको सन्दकपुरको फोटो बुक मुख्यमन्त्रीलाई हस्तान्तरण (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • बुधबार, बैशाख १३ २०८०


राष्ट्रिय फोटो पत्रकारीताका दिवसको अवसरमा इलामको सन्दकपुरको फोटो बुक मुख्यमन्त्रीलाई हस्तान्तरण (तस्बिरहरु)

विराटनगर। राष्ट्रिय फोटो पत्रकारीताका दिवसको अवसरमा कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर डाँडा लगायत दर्जनौ पर्यटकीयस्थल रहेको इलामको सन्दकपुर गाउँपालिकाको फोटो बुक प्रदेशका मुख्यमन्त्री हिक्मत कार्किलाई हस्तान्तरण गरिएको छ । सन्दकपुर डाँडा नेपालका पर्यटकीयस्थलहरुमध्ये सन्दकपुर घुम्नैपर्नै पर्यटकियस्थलमा घोषित भएको पर्यटकीयस्थल हो ।

पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गर्ने उदेश्यले पर्यटकीयस्थल, धार्मिकस्थल, आदिवासी जनजातिको सस्कृति, गाउँपालिका भित्र पाइने जडिबुटि, लोपउन्मुख वन्यजन्तु, चराहरु लगायतको फोटो समावेश गरि छपाई गरिएको फोटो बुक सन्दकपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सनम राई, फोटो ग्राफर सुजन तिमसिना सहितको
टोलिले मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गरेको हो ।

फोटो बुकको प्रथम सन्दकपुर महोत्सवको अवसरमा कोशी प्रदेशका प्रमुख परसुराम खापुङले विमोचन गरिएको थियो। सन्दकपुर गाउँपालिका भित्रको समग्र बिषयबस्तु फोटोबाट प्रचारप्रसार गर्न तयार भएको फोटो बुकको हस्तान्तरणपछि बोल्दै वडाध्यक्ष सनम राई सन्दकपुर प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य भएकाले पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट सहयोग गर्नुपर्ने बताए । फोटो बुक हस्तान्तरणमा पछि बोल्दै मुख्यमन्त्री हिक्मत कार्कीले पर्यटनबाट प्रदेशको आर्थिक अवस्था सुधार गर्न सकिने भएकाले सन्दकपुरको पर्यटन पुर्वाधारान आगामि बजेटबाट सम्बोधन गर्ने बताए ।


फोटो बुक प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाई सचिनलाई पनि हस्तान्तरण गरिएको छ । फोटो बुक हस्तान्तरणपछि मन्त्री चापागाईले पर्यटन पूर्वाधार निर्माणमा बजेटबाट सम्बोधन गर्ने बताए । फोटोबुक भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहनराज चापागाईलाई पनि हस्तान्तरण गरि पूर्वाधार विकासका बारेमा अन्तरक्रिया गरिएको थियो । फोटो बुक मुख्यमन्त्रीका प्रेश सल्लाहाकार महेद्र बिष्टलाई पनि हस्तान्तरण गरिएको थियो ।

फोटो बुक हस्तान्तरण गर्दै टोलीले नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष लिलाबल्लव घिमिरे, महासचिव विवेक गौतम र कोषाध्यक्ष विमल लामिछानेसँग भेटेर सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारमा सहजिकरण गरिदिन आग्रह गरेको थियो ।

पत्रकार महासंघको प्रदेश समितिलाई विभिन्न संचार माध्यमबाट प्रचारप्रसार गर्नका लागि सहजिकरण गर्न अनुरोध गरेको हो । अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश प्रदेशका अध्यक्ष लिलाबल्लव घिमिरेले सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि संचार माध्यमबाट गर्नसक्ने सहयोग गर्ने बताए । टोलीले नेपाल पत्रकार महासंघ मोरङ शाखालाई पनि संस्थागत रुपमा फोटो बुक हस्तान्तरण गरेको छ । फोटो बुक हस्तान्तरण महासंघका जिल्ला सचिव नेत्र पि अधिकारीलाई हस्तान्तरण गरिएको हो ।
फोटो बुकमार्फत यहाँको पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने सचिव अधिकारीले बताए । पर्यटन फोटो बुक २ सय ४ पेज रहेको छ ।


प्रधानमन्त्री, पर्यटनमन्त्री, प्रदेश प्रमुख प्रदेशका मुख्यमन्त्री, इलामका प्रदेश,संघीय सासंद लगायतको सुभकामना सन्देश समावेश भएको फोटोकुब ५ सय प्रति छापिएको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । सन्दकपुर गाउँपालिका भित्र रहेका फोटोहरुको संकलन पत्रकार सुजन तिमसिनाले गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार