Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

सूर्याेदय नगरपालिकाको नीति कार्यक्रम पारित

सूर्याेदय नगरपालिकाको नीति कार्यक्रम पारित

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख ११ २०८०


सूर्याेदय नगरपालिकाको नीति कार्यक्रम पारित

फिक्कल । सूर्याेदय नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ को लागि नीति कार्यक्रम पारित गरेको छ । सोमबार बसेको नगरसभाको १३ औ अधिवेशनको दोस्रो बैठकले नीति कार्यक्रम संशोधन सहित पारित गरेको हो । बैशाख ८ गते बसेको नगरसभाको बैठकमा नगर प्रमुख रणबहादुर राईले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम पेश गरेका थिए ।

नगरसभाको सोमबारको बैठकमा बोल्ने नगरसभा सदस्यहरूले नीति कार्यक्रमका कतिपय विषय दोहोरिएको, समुहकृत गर्न आवश्यक भएको र संक्षेपिकरण गर्न सुझाएपछि नीति कार्यक्रम संशोधन सहित पारित भएको हो । सभामा आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले आर्थिक विकास समिति अन्तरगतका विषय क्षेत्र तथा उपक्षेत्रको नीति कार्यक्रमलाई समुहकृत र संक्षेपिकरण गरेर सभामा प्रस्तुत गरेका थिए ।

त्यस्तै भौतिक पूर्वाधार विकास समितिका संयोजक पेमा उर्गेन लामाले भौतिक पूर्वाधार विकास समिति अन्तरगतका विषयक्षेत्र तथा उपक्षेत्रका नीतिहरू, वन वातावरणमा तथा बिपद् व्यवस्थापन समिति संयोजक राजकुमार शेरेङले आफ्नो विषयगत समिति अन्तरगतका नीतिहरूलाई समायोजन र संक्षेपिकरण गरेर सभामा पेश गरेका थिए ।

त्यस्तै सामाजिक विकास समितिका सदस्य शिवकुमार बस्नेतले सामाजिक विकास समिति र सुशासन तथा संस्थागत क्षमता विकास समितिका संयोजक सोनाम छिरिङ लामाले आफ्नो विषयगत समिति अन्तरगतका नीति कार्यक्रमहरूलाई संक्षेपिकरण र समुहकृत गरेर सभामा पेश गरेका थिए ।

सभाको बैठकमा नगरसभा सदस्यहरू कमलप्रसाद गड्तौला, उर्मिला राई, पुन्यप्रसाद पोख्रेल, जगतबहादुर तामाङ र बिमल राईले नीति कार्यक्रम, सार्वजनिक महत्वको प्रस्ताब र ध्यानाकर्षण प्रस्ताब राखेका थिए । नगरसभामा आएका प्रस्ताबको नगरप्रमुख रणबहादुर राईले सम्बोधन गरेका थिए । सभाबाट सूर्याेदय नगरपालिकाको उपभोक्ता हित संरक्षणको पहिलो संशोधन विधेयक पारित गरेको छ ।

ऐनको संशोधन विधेयक उपप्रमुख दूर्गा कुमार बरालले प्रस्तुत गरेका थिए । नगरसभाको अर्काे बैठक असार ३ गतेबस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार