Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकाको आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम प्रस्तुत

सुर्योदय नगरपालिकाको आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम प्रस्तुत

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख ८ २०८०


सुर्योदय नगरपालिकाको आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम प्रस्तुत

फिक्कल । सुर्योदय नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०।८१ का लागि नीति कार्यक्रम प्रस्तुत भएको छ । शुक्रबार शुरू भएको नगरसभाको १३ औ नगरसभामा नगर प्रमुख रणबहादुर राइले नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । स्थानीयतहको योजन तर्जुमा दिगदर्शनमा भएको व्यवस्था बमोजिम बैशाखमा नै नीति कार्यक्रम सभामा पेश भएको हो ।
यस अघि नीति कार्यक्रम र बजेट एऊटै सभामा पेश हुने गरेको थियो । समयमा नीति कार्यक्रम पेश भएपछि नीति अनुसारको बजेट बनाउन सहज हुनेछ । सभामा सुर्योदय नगरपालिकाको उपभोक्ता हित संरक्षण पहिलो संशोधन विधेयक पेश भएको छ । उपप्रमुख दूर्गाकुमार बरालले संशोधन विधेयक सभामा प्रस्तुत गरेका हुन् । नगरसभालाई कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेशसभा सदस्य खिनुलङवा लिम्बुले सम्बोधन गरेका थिए । प्रदेश प्रमुख खापुङले स्थानिय तहलाई बलियो बनाउँदै, कानुनी भूमिका प्रस्ट नभए संविधानले लिएको लक्ष्य पूरा गर्न अफ्ट्यारो हुने बताए ।
प्रदेशसभा सदस्य खिनु लङवाले रोङ सुर्योदय र माईजोगमाई गाउपालिका कुनैपनि पर्यटकीय कोरिडोरमा नपर्ने भएकाले यस क्षेत्रको पर्यटन क्षेत्र प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरिन । उनले पर्यटन विकासको लागि सन्दकपुर क्षेत्रको विकासमा जोड दिइन् । नगरसभाको अर्को बैठक बैशाख ११ गते बस्नेगरी स्थगित भएको नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार