इलाम । अर्गानिक चिया उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारको खोजीमा रहेका उत्पादकका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत सञ्चालित ‘नेपाल इन्क्रिज सस्टेनेबल टी’ परियोजनाले चियाको बोटदेखि उपभोक्ताको ओठसम्मका सम्पूर्ण प्रक्रिया थाहा पाउने पद्धति विकास गर्दै छ ।
वैशाख १५ अर्थात् चिया दिवसमा थालिने यो प्रणाली लागू भएपछि विश्वभरका उपभोक्ताले चियाको प्याकबाटै मोबाइलको सहायताले उत्पादन भएको क्षेत्र, बगान, कारखानालगायत विविध विषयमा जानकारी पाउनेछन् । नेपाल सरकारबाट ट्रेडमार्क प्राप्त गरेका उद्योग यस प्रणालीमा जानेछन् ।