सन्दकपूर । इलामको पर्यटकीयस्थल छिन्टापुमा रेडपाण्डा अवलोकनका लागि पुग्ने पर्यटकको संख्या बढेको छ । सन्दकपुर गाउँपालिकाको रेडपाण्डा पर्यटन क्षेत्रमा घोषित पर्यटकीय क्षेत्र छिन्टापुमा अहिले रेडपाण्डाको सहजै अध्ययन र अवलोनक गर्न सकिन थालेको छ । घना जंगलको बिचमा रहेको छिन्टापुमा रेडपाण्डा अवलोकनका लागि अहिले आन्तडपाण्डाका रिक र भारतको कलकत्ताबाट पर्यटकहरु पुग्ने गरेका छन् ।

संघीय सरकारले माइपोखरीदेखि छिन्टापु सन्दकपूर ढापपोखरी पर्यटन पदमार्ग निर्माण गरेकाले अहिले पर्यटकहरु पदमार्ग मार्फत पर्यटकहरु पुग्ने गरेको सन्दकपूर २ का अध्यक्ष सनम राईले बताए । छिन्टापु लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको बासस्थान भएकाले सहजै रेडपाण्डाको अवलोकन गर्न पाइएको वडाअध्यक्ष सनम राईले जानकारी दिए । छिन्टापु समुन्द्र सतहबाट ३ हजार ३ सय मिटरको उचाईमा रहेको छ ।
