Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

शुक्रराज निर्णायक बन्दा फिक्कल सेमीफाइनलमा

शुक्रराज निर्णायक बन्दा फिक्कल सेमीफाइनलमा

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र २६ २०७९


शुक्रराज निर्णायक बन्दा फिक्कल सेमीफाइनलमा

सन्दकपुर । शुक्रराजराई निर्णायक बन्दा फिक्कल युनाइटेड इलामको सन्दकपुरमा जारी तेश्रो संस्करणको सन्दकपुुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । ३९ औ मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो ।

खेलको म्यान अफ दि म्याच गोलकर्ता राई घोषित हुँदै नगद २ हजार प्राप्त गरे । प्रतियोेगिता अन्र्तगत अन्तिम क्वाटरफाइनल  खेलमा बुटाबारी युनाइटेड र रेडहर्स इलाम बिच प्रतिस्पर्धा हुनेछ ।

बैशाख १ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही ४÷४ हजार पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार