Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गोल्डकप : उद्धघाटन खेलमा आयोजक र दमक भिड्ने

सन्दकपुर गोल्डकप : उद्धघाटन खेलमा आयोजक र दमक भिड्ने

  • किरण राई
  • सोमबार, चैत्र २० २०७९


सन्दकपुर गोल्डकप : उद्धघाटन खेलमा आयोजक र दमक भिड्ने

सन्दकपुर । तेस्रो सन्दकपुर आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक देउराली स्र्पोटिङ क्लब र दमक फुटबल एकाडेमी झापा भिड्ने भएका छन् । आज सार्वजनिक गरिएको ड्र अनुसार आयोजकले झापालाई प्रतिद्धन्द्धी पाएको हो ।सन्दकपुर गाउँपालिका ३ देउरालीस्थित सात खाल्डे सहिद खेलमैदानमा चैत २४ गतेदेखि वैशाख १ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही ४/४ हजार पाउने आयोजक समितिका उपाध्यक्ष सुरेश बुर्जा मगरले जानकारी दिए । प्रतियोगितामा आयोजक टिम, रेड हर्स एफसी इलाम, फिक्कल युनाइटेड एफसी सूर्योदय नगरपालिका इलाम, नव प्रयास युवा क्लब फुङलिङ नगरपालिका ताप्लेजुङ, झापाको बिर्तामोड युनाइटेड एफसी, दमक युनाइटेड एकाडेमी, बुट्टाबारी युनाइटेड क्लब र ललितपुरको सुनाकोठी एफसी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार